२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिनाउ पुल मर्मत सुरु

२०७३, २० पुष बुधबार ०८:०६

पुस २०, बुटवल । देसकै प्रमुख राजमार्ग पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलस्थित तिनाउ नदीको पक्की पुलको मर्मत सम्भार सुरु भएको छ । 

बुटवललाई पश्चिम नेपालसँग जोडने महत्वपूर्ण तिनाउ पुलको सतह भत्केर छियाछिया भएको महिनौँसम्म पनि जीर्ण अवस्थामा रहेको थियो । 

पुलको मर्मत सम्भार भएपछि पूर्व–पश्चिम सञ्चालन हुने सवारी साधन र यात्रुले अब राहत पाउने छन् । दैनिक करिब १० हजार साना ठूला सवारी साधन वारपार गर्ने तिनाउ पुल सवारी साधन र यात्रु दुबैका लागि धराप बन्दै गएको थियो । 

पुलको सतह भत्केर सयौँ खाल्डा बनेको र ढलान गर्दाका बखतका फलामे छड तथा सरिया बाहिरै निस्केकाले पुल जोखिमयुक्त बनेको हो । 

पुलमर्मत तथा सम्भारमा सहजताको वातावरण निर्माण गर्न सडक डिभिजन कार्यालय बुटवलले पुल मर्मत अवधिभरका लागि यातायातलाई एकतर्फी रुपमा सञ्चालन गरिरहेको छ । 

सडक कार्यालयका अनुसार तिनाउ पुल भएर बुटवलबाट पश्चिमतर्फ जाने सवारी साधन तिनाउ पुलबाटै एकतर्फि सञ्चालन हुने व्यवस्था मिलाइएको र पश्चिमबाट बुटवलतर्फ जाने सम्पूर्ण सवारी साधन बेलवास पुल हुँदै तिनाउ डाइभर्सनबाट देवीनगर हुँदै आउने व्यवस्था मिलाइएको छ । 

आवश्यक जनशक्ति र मेसिन प्रयोग गरी तीव्रताका साथ पुलको सतह पिच गर्ने कार्य भइरहेकाले पाँच दिनभित्रै पुल तयार हुने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले जानकारी गराउनुभयो । 

यसको काम सम्पन्न गर्नका लागि झन्डै रु ३५ लाख लागत अनुमान गरिएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति