२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साझा बसको सेवा उपत्यकाका सबै मार्गमा बढाउन यात्रुको माग

२० पुष २०७३, बुधबार ०८:५३

पूर्णप्रसाद मिश्र/पुस २०, काठमाडौँ । विभिन्न बाहनामा बारम्बार हुने बन्दमा पनि साझा यातायातले सेवा दिन थालेकाले उपत्यकाका सबै मार्गमा यसको सेवा विस्तार गर्नुपर्ने माग पीडित यात्रुको छ । 

सडक विस्तार गर्दा भत्कने घर र सडकमा पर्ने जग्गाको क्षतिपूर्ति माग गर्दै पीडित सङ्घर्ष समितिले आज उपत्यका बन्दको आयोजना गर्दा विभिन्न पेसा र व्यवसायमा आबद्ध मानिस समयमै गन्तव्यमा पुग्न पाएनन् । सडकमा फाट्टफुट्ट मात्र सवारी चलेका छन् । साझाका भने सबै सवारी सञ्चालनमा आएको छ । 

सुरक्षाको प्रत्याभूति भएपछि उपत्यकाका चारवटा मार्गमा ३९ बस नियमित सञ्चालनमा ल्याइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई जानकारी दिए । 

बन्दका बेला चलेका सफा टेम्पो तथा अन्य सवारी साधनले तोकिएको गन्तव्यमा नपु¥याई यात्रुलाई आधा बाटोमा झारेर दोब्बर भाडा असुलेका छन् । जोरपाटीबाट सुन्धारातर्फ जानुपर्ने टेम्पोले चाबहिलमै यात्रुलाई झारेर भाडा भने सुन्धारसम्मकै लिएको यात्रु ग्याल्जेन शेर्पाले गुनासो गरे । 

यसअघि पुस ७ गते भएको बन्दमा पनि अन्य सवारीसाधन आंशिक मात्र गुडे पनि साझाका ४० वटै सवारी साधनले सेवा दिएका थिए । “साझा यातायातले ३६५ दिन नै यात्रुलाई सेवा दिने गरेको छ, अघिल्लो पटकको बन्दमा उपत्यकामा ४० वटा सवारी साधान चलेकामा आज एउटा सवारी साधन मर्मतमा रहकाले ३९ वटाले नियमित सेवा दिइरहेका छन्”– निमित्त कार्यकारी अधिकृत पाण्डेले भने । 

लगनखेल–रत्नपार्क–नारायणगोपाल चोक–नयाँ बसपार्क मार्गमा १०,लगनखेल–सिंहदरबार–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ मार्गमा १०, एयरपोर्ट–कमलपोखरी–रत्नपार्क–लैनचौर–ठमेल–बालाजु बाइपास हुँदै नयाँ बसपार्क मार्गमा १० र स्वयम्भू–कलङ्की–रत्नपार्क–नयाँ बानेश्वर हुँदै कोटेश्वर मार्गमा १० गरी उपत्यकामा ४० साझा यातायात सञ्चालन हुँदै आएको छ । 

बिहान ६: ३० बजेदेखि बेलुकी ८ बजेसम्म नियमित रुपमा साझाका बस तोकिएका मार्गमा चलेको देखेपछि भक्तपुरमा पनि साझाको सेवा आवश्यक देखिएको सूर्यविनायक निवासी बलराम कोजुले बताए । 

“अरु सवारी साधनले मन लागे चलाउँछन्, मन नलागे ग्यारेजमा थन्क्याउँछन्, तर साझाका सवारी साधन भने तालिकाअनुसार चलेको देख्दा भक्तपुरमा पनि यो सेवा विस्तार भए सुविधा पाइन्थ्यो, अरु यातायात व्यवसायीले भाडा पनि यातायात व्यवस्था विभागले तोकेभन्दा बढी उठाउने गरेका छन्, यातायात व्यवसायीले चलाएका साधनले सवारी तथा यातायात व्यवस्था ऐनमा भएको प्रावधान बमोजिम टिकट पनि दिन्नन्”–उनले भने । 

आज उपत्यका बन्दका क्रममा तोडफोडका घटना नभएको र सडकमा बसेर टायर बाली यातायात अवरुद्ध गर्न खोज्ने ७६ जनालाई कालीमाटी, टोखा, जोरपाटी, थलीलगायतका स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव