पुस २१, काठमाडौं । सुनचाँदीको भाउ बिहीबार तोलामा तीन सय रुपैयाँले बढेर ५३ हजार पाँच सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । बिहीबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।