२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा बिधुतिकरण गर्ने सम्झौता भएको तीनबर्षसम्म पनि काम सम्पन्न भएन

२१ पुष २०७३, बिहीबार ११:३८

पंकज धामी/पुस २१, दार्चुला । दार्चुला विद्युत्त प्राधिकरणले आर्थिक बर्ष २०७०/७१ मा जिल्लाको विद्युत्तीकरण गर्नका लागि जिल्लाभरी १५ वटा ठेक्का सम्झौता गरी काम थालेको तीन बर्ष पूरा हुँदा पनि अझै १० वटा ठेक्काहरुको काम सम्पन्न भएको छैन् ।

 बेलाबेला हुने पोल र तार अभावका कारण ठेक्का लम्बीएको दार्चुला विद्युत्त प्राधिकरणले जनाएको छ । जिल्लाका विभिन्न २५ वटा गाविसमा विद्युत्तीकरण गर्ने उद्देश्यले तीनबर्ष पहिले टेन्डर आह्वान गरि काम गर्ने सम्झौता भएको भएपनि हालसम्म पाँचवटा ठेक्काहरु मात्रै सम्पन्न भएका छन् ।

 जिल्लाको शंकरपुर, हुनैनाथ, ग्वानी, पीपलचौरी, र ब्रह्मदेबमा मात्रै सम्झौता अनुसारको काम सम्पन्न भएको हो । त्यसैगरी देथला र गोकुलेश्वरमा हालपनि काम चलिरहेको छ ।

 यस आधारमा लगत्तै गोकुलेश्वर र लालीमा सम्झौता अनुसार काम सम्पन्न हुने अवस्थामा रहेको दार्चुला विद्युत्त प्राधिकरणका प्रमुख इन्जीनियर रामदिनेश चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी अन्य ठेक्काहरुमा विद्युत्त पोल र ट्रान्सफर्मर नहुँदा काम ठप्प रहेको छ । पहिले नै सम्झौता गरिएका ठेक्काहरु सम्पन्न नभएपछि गत आर्थिक बर्ष र चालु आर्थिक बर्षको साढे ३ करोड रुपैया पनि खर्च गर्न नसकिएको प्राधिकरण प्रमुख चौधरीको भनाई छ ।

अपि नगरपालिका १५ थालीगाडमा बन्न लागेको विद्युत्त सबस्टेसन र गोकुलेश्वर दार्चुला १ सय ३३ केभी विद्युत्त प्रशारण लाइनको काम पनि हाल चलिरहेको प्राधिकरण प्रमुख चौधरीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला