महेन्द्र केसी, पर्वत ।

कुश्मा नगरपालिकाको नगरपरिषद सम्पन्न भएको छ । नगरपरिषदले आव  ०७४।७५ का लागि  १६ करोड ४० लाख ४२ हजार ५ सयको कुल बजेटको प्रस्ताब गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, पर्वत ।

कुश्मा नगरपालिकाको नगरपरिषद सम्पन्न भएको छ । नगरपरिषदले आव  ०७४।७५ का लागि  १६ करोड ४० लाख ४२ हजार ५ सयको कुल बजेटको प्रस्ताब गरेको छ ।

२९ पुष २०८२, मंगलवार
अर्थ/विकास

कुश्मा नगरपालिकाको नगरपरिषद सम्पन्न आव ०७४।७५ लागि १६ करोड ४० लाख ४२ हजारको बजेट सार्वजानिक

२२ पुष २०७३, शुक्रबार ११:४७

महेन्द्र केसी, पर्वत ।

कुश्मा नगरपालिकाको नगरपरिषद सम्पन्न भएको छ । नगरपरिषदले आव  ०७४।७५ का लागि  १६ करोड ४० लाख ४२ हजार ५ सयको कुल बजेटको प्रस्ताब गरेको छ ।

कुश्मा नगरपालिकाका कार्याकारी प्रमुख कुमानसिंङ गुरुङले कुश्मा नगरपालिकाको नगरपरिषद मार्फत आव ०७४।०७५ का लागि रकम बाँडफाँड तथा विनियोजन गरेका हुन् ।  परिषदले  चालु तर्फ केन्द्रिय अनुदान ५० लाख ६० हजार प्रस्ताब गरेको छ त्यस्तै आन्तरिक चालु तर्फ चालु बजेट १ करोड ५० लाख ६२ हजार ५ सय तथा सामाजिक सुरक्षा तर्फ ५ करोड ७३ लाख गरी ७ करोड ३९ लाख २२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । 

त्यस्तै पूर्जीगत बजेट तर्फ पुर्जीगत निसर्त केन्द्रिय अनुदान २ करोड ९४ लाख ९२ हजार, नगरक्षेत्रको पूर्वधार विकास कार्यक्रम तर्फ १ करोड ५६ लाख ९० हजार, ठूला पूर्वधार तर्फ  १ करोड , आन्तरिक पूर्जी तर्फ १ करोड ३४ लाख,३७ हजार ५ सय रुपैयाँ, सडक बोर्ड नेपाल तर्फ १५ लाख , जगेडा कोष भौतिक निर्माण तर्फ २ करोड गरी पूर्जीगत बजेट ९ करोड १ लाख १९ हजार ५ सय रुपैयाँ गरी जम्मा १६ करोड ४० लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्ताब गरेको छ ।

प्रस्तुत बजेट मध्य समपुषक कोषका लागि ७६ लाख, ७ हजार , विभिन्न कोष तथा विशेषहरु तर्फ ११ लाख, लक्षित बर्गातर्फ ७६ लाख ४४ हजार, आर्थिक, सामाजिक, भौतिक पूर्वधार विकास तर्फ १ करोड ४१ लाख ९६ हजार, ठूला पूर्वधार तर्फ १ करोड र नगरक्षेत्र पूर्वधार तर्फ १ करोड ५६ लाख ९० हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै जगेडा कोष तर्फ नगरपालिका भवन निर्माणका लागि १ करोड र बाद्रेबेणी बसपार्क निर्माणको लागि १ करोड रुपैयाँ प्रस्ताब गरिएको छ । आन्तरिक स्रोत तर्फ २ करोड ५० लाख मध्ये चालु तर्फ  १ करोड १५ लाख ६२ हजार ५ सय र पूर्जीगत तर्फ एक करोड ३४ लाख ३७ हजार ५ सय रुपैयाँ बजेट प्रस्ताब गरिएको छ ।

कुश्मा नगरपालिकाको नगरपरिषदमा  जिल्ला अदालतका न्यायधिस महोनराज भट्टराई, प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनी, स्थानिय विकास अधिकारी युवराज पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा सवैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसले भने सहभागीता जनाएन जसका कारण नगरपरिषदमा आगामी दिनमा राजनीतिक विवाद थिपिने हो कि भन्ने आम नागरिकमा चिन्ता थपिएको छ । कार्यक्रममा अरु दलहरु सहभागीता जनाएता पनि काँग्रेसले भने बहिष्कार गरेको छ । काँग्रेसले सांसद अर्जुनप्रसाद जोशीलाई प्रमुख अतिथि बनाउने प्रस्ताब राखेकोमा अन्य दलहरुले नामानेकोले काँग्रेसले परिषद बहिष्कार गरेको बुझिएको छ ।

नगरपालिकाले आगामी दिनमा नगरपालिकाकालाइ कस्तो बनाउने भन्ने बारेमा नगरको विकासको लागि विभिन्न नीति लिएको छ जस अन्तरगत नगर क्षेत्रमा ठूलो परिणाममा रहेको एलानि प्रति जग्गा संरक्षण गर्न सार्वजानिक गर्न सार्वजानिक समिति गठन गरी सार्वजानिक गर्न संरक्षण गर्न अभियान संचानल गर्ने र  यसका लागि विनियोजित बजेटको अतिरित्त सामाजिक परिचालनको माध्यमबाट टोलसुधार समिति तथा अन्य सामाजिक संघसंस्थाको सहयोग लिने, बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ को प्रभावकारी कार्यान्वयन गर्ने, भूकम्पीय जोखिम न्यूनिकरणका लागि भवन सम्बन्धी आधारभूत मापदण्ड कडाइका साथ लागू गर्ने, फोहोरमैला व्यवस्थापनलाई शुन्य फोहोरको अबधारण अनुसार कुहिने फोहोरलाई कडाइका साथ घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोरलाई पुन प्रयोग तथा सरसफाई केन्द्रमा जम्मा गरि विक्रिवितरण गर्ने, जनसहभागिता कम हुने तथा  लागत सहभागता शुन्य भएकोले दिगो विकासको अबधारणा अनुसार नभएकोले विकास निर्माणको प्रत्येक योजना ३० प्रतिशत लागत सहभागिता अनियार्व गर्ने, नगरपालिकाको सम्मुख र गुरुयोजना निर्माण गर्न र व्यवस्थीत शहरको रुपमा विकास गर्ने नीति ल्याउने, कुश्मा नगरपालिकामा सवारी साधनको चाप बढ्दो क्रममा रहेको र पार्किङको समस्याका कारण दुर्घटना हुने क्रम बढेकोले बसपार्क निर्माण कार्य तत्तकाल शुरु गर्ने , कुश्मालाई ब्रिज सिटिका रुपमा स्थापित गर्ने लगायतका योजना तथा नीति तथा कार्यक्रम ल्याएको छ ।

कुश्मा नगरपालिकाको ०७४र७५ को निती, कार्यक्रम तथा बजेटबारे थप जानकारीको लागि यहाँ क्लिब गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव