१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीका सडकमा माओवादी आँखा, सडक धमाधम बहुवर्षे बन्दै

२४ पुष २०७३, आईतवार ०६:१४

पुस २४, गुल्मी | जिल्लाको पुरानो र धेरै गाविसका जनतालाई समेट्ने सेउघा सिमाहाघाट भनभने पूर्कोट सडक अव तुरुन्तै पिच हुने भएको छ । गुल्मीको सदरमुकामदेखि प्यूठानसम्म जोड्ने पक्की सडकलाई सरकारले बहुवर्षिय योजना अन्तर्गत पिच हुने भएको हो ।

महत्वपूर्ण सडक भएकोले बहुवर्षिय योजनामा राखि पिच गरीने प्रकृया अगाडी बढाईएको माओवदी केन्द्रका केन्द्रिय सदस्य बुद्धि जिसीले बताए । ‘अहिले सडकको विस्तृत अध्ययन रीपोर्ट डिपिआर तयार भैरहेको छ’ सडकका लागि पहल गरेका जिसीले भने ‘त्यसपछि कति बजेटमा कुन स्तरको बनाउने भन्ने यकिन हुन्छ ।’ यसअघि एसएनआरटिपीले केही सडक मात्र स्तरोन्नती गर्ने भनिएपनि त्यसमा पर्याप्त बजेट थिएन । तर अव ३१ किलोमिटर सडक पिचका लागि प्रकृयामा गएको उनले बताए ।

सडक विभागले उक्त सडकको डिपिआरका लागि ईन्जिनीयरीङ्ग सेवा प्रदायक कम्पनी छनौटका लागि सूचना गरीसकेकोले अव बहुबर्षेको प्रकृयामा गएको तम्घास प्यूठान सडक आयोजना प्रमुख ईन्जिनीयर सुजन अधिकारीले बताए । ‘डिपीआरको लागि सडक विभागबाट सूचना निस्केकोले प्रकृयाका लागि एक महिना लाग्ला, त्यसपछि कन्सल्ट्याण्ट आउने वित्तीकै दु्रत गतिमा डिपिआर गरेर हामी अर्थमा पेश गर्छौँ’ उनले भने ‘बहुबर्षेका लागि डिपिआर अनिवार्य प्रकृया भएकोले अव यसले अव ढोका खोलेको छ ।’ उनले उक्त सडक चौडा गर्ने र पिच गर्नेसम्मको काम हुने बताए ।

कन्सल्ट्याण्ट छान्न एक महिना, त्यसपछि अर्कोसदरमुकाम तम्घासबाट धुर्कोट पूर्कोट हुँदै प्यूठान जोड्न पुरानो र सबैभन्दा छोटो सडक भएपनि राजनीतिक खिचातानीले अन्य प्राथमिकतामा नपरेपछि गएपछि उक्त सडक ओझेलमा पर्दै गएको थियो । तर कृष्ण बहादुर महरा अर्थमन्त्री भएसंगै यो सडकका लागि माओवादी नेताहरुले पहल गरेका छन् । ‘अन्य सडकहरु पनि उत्तिकै प्राथमिकताका हुन, तर अरु सडकलाई प्राथमिकता दिने नाममा यो सडक पछि ओझेलमा पारीनुहुन्न भनेर हामीले पहल गरेका हौँ’ जिसिले भने ‘सबै सडकलाई समान भूमिका दियो भने मात्र जनताले समान सेवा सुविधा पाउँछन भन्ने हाम्रो चाहना हो ।’ उनले निर्माणाधिन अन्य सडकहरुलाई पनि उत्तिकै प्राथमिकतामा राख्नका लागि आफूहरुले अर्थमन्त्रालयमा पहल गरीरहेको बताए ।

यसैविच तम्घास खाम्सेपानी नयाँगाउँ हुँदै मलायागिरी सडकका लागि पनि अर्थ मन्त्रालयले ४८ करोड ७३ लाख रुपैयाँ विनीयोजन गरेको छ । अर्थ मन्त्रालयले उक्त बजेट स्विकृत गरेको माओवादी गुल्मीमा लामो समयसम्म सेक्रेटरी भई काम गरेका अर्थ मन्त्रीका स्वविय सचिव निमकान्त डाँगी जितजंगले बताए । ‘म लामो सयम गुल्मीमा बसेकोले यहाँ रकम माग भई आएका आयोजनालाई प्राथमिकतामा राखेर बजेटका लागि पहल गरेको हुँ’ उनले भने ।

मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तथा नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले उक्त रकम अर्थ मन्त्रालयबाट स्विकृत भई निकासी र काम थालनीका लागि भौतिक पूर्वाधार मत्रालयमा गईसकेको बताए ।

डाँगी जनयुद्धकालदेखि नै लामो समय गुल्मीमा बसेको कारण जिल्लाको बस्तुस्थिती बुझेका कारण अहिले गुल्मीका धेरै संरचनाका निर्माणका लागि पर्याप्त रकम छुट्टयाईएको छ । 

यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको हुँदा गुल्मीको सदरमुकाम तम्घास देखि प्यूठान जोड्ने तम्घास सिमलटारी प्यूठान सडक र गुल्मी बाग्लुङ्ग जोड्ने रीडि रुद्रवेणी वामीटक्सार सडक बहुवर्षे योजनामा बजेट बिनीयोजन गरी धमाधम काम भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह