२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनगढी–अत्तरिया ६ लेन सडक निर्माण प्रकृया सुस्तायो

२४ पुष २०७३, आईतवार १२:०८

दिनेश ठकुल्ला । पुस २४, धनगढी | नेपाल सरकारले उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तरगत निर्माण गर्ने भनेको धनगढी–अत्तरिया ६ लेन सडकको आयोजना निर्माणको प्रकृया अगाडि बढ्न सकेको छैन । डेढ साताभित्रै आयोजना निर्माणको टेण्डर हुने भन्दै मंसिर ३० गते धनगढीमा आयोजना कार्यालय स्थापना गरिएको थियो । 

आयोजनाको कार्यालय उद्घघाटन गर्दै भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले आयोजनाको स्टीमेट तथा बजेटको व्यवस्था भइसकेकोले डेढ साताभित्र टेण्डर हुने बताएका थिए । तर, आयोजनाका लागि अर्थ मन्त्रालयबाट बजेट स्वीकृत नै नभएको बताइएको  छ । 

अर्थ मन्त्रालयबाट बजेट स्वीकृत हुनुअघि नै आयोजना कार्यालय उद्घाटन गरिएको उल्लेख गर्दै निर्देशनालय श्रोतले टेण्डर गर्न अझै केही दिन लाग्ने बताएको छ । आयोजना प्रमुख नविनमान श्रेष्ठले आयोजनाका लागि अर्थ मन्त्रालयले छिट्टै बजेट स्वीकृत गर्ने जानकारी आएको बताउनुभयो ।

‘कन्सलटेन्सी’मार्फत गरिएको प्रारम्भीक ‘स्टीमेट’मा आयोजना निर्माणमा मुआब्जा र पुलबाहेक २ अर्ब १५ करोड भन्दा बढी रुपैया लाग्ने देखिएको उहाले बताउनुभयो । उनले बजेट स्वीकृत तथा आयोजनाको स्टीमेट पुनरावलोकन हुन बाँकी रहेकाले टेण्डर गर्न अझै केही दिन लाग्ने बताउनुभयो ।

‘स्टीमेट ‘रिभ्यु’को काम भईरहेको छ । रिभ्युमै केही दिन अझै लाग्छ ।’ उहाले भन्नुभयो–‘सबै प्रकृया पुगेपछि टेण्डर हुन्छ । कम्तीमा एक हप्ता लाग्छ ।’ यसअघि कार्यालय उद्घाटनका क्रममा आयोजना प्रमुख श्रेष्ठले रिभ्युको काम २÷३ दिनभित्रै सकिने र एक साताभित्रै टेण्डर गरिने दावी गरेका थिए । 

सार्जजनिक खरिद सम्बन्धी नयाँ ऐन हालैमात्र आएकोले टेण्डर विद्युतिय प्रणालीमार्फत गर्ने वा यसअघिकै प्रकृयामा गर्ने भन्ने टुंगो लाग्न पनि बाँकी रहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।  सार्वजनिक खरिद ऐनका कारण पनि आयोजनामा ढिलाई भएको बताउनुभयो । 

मोहना पुल–अत्तरिया ६ लेन सडक योजना नाम दिइएको उक्त योजनामा एक जना योजना प्रमुखबाहेक अन्य कर्मचारीको नियुक्ति हुन सकेको छैन । २ जना इन्जियिनर, २ जना ओभरसियर र अन्य प्रशासनिक कर्मचारीको दरबन्दी कायम गरिएको बताइएको छ ।

मन्त्री लेखक स्थानीय विकास मन्त्रालयका सचिव धनबहादुर तामाङसहित मन्त्रालयका अधिकारीहरु सहित आयोजना कार्यालय उद्घाटनका लागि यहाँ आएका थिए । भन्सार रोडको मोहना पुलदेखि अत्तरिया चोकसम्म १४ दशमलव १७ किलोमिटर लामो ६ लेन सडक निर्माण गर्ने योजना हो ।

३२ दशमलव २ मिटर चौडा रहने भनिएको उक्त सडकको दुवै साईडतिर ३÷३ मिटर फुटपाथ रहने बताइएको छ । ६ लेनको सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सडक योजनाको ‘डिजाईन’मा उल्लेख छ । ६ लेन सडकभित्र तीन वटा  पुल बनाइने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।  

त्रिनगर नाकाको मोहना पुल तथा गेटामा मनहरा खोला र सुनिखोलामा पुल निर्माण गरिने उनले बतँए । पुलको लागत स्टीमेट तयार पार्ने काम भईरहेको आयोजनाले जनाएको छ । सडक निर्माणका लागि अधिग्रहण हुने जग्गा, विद्युत, टेलिफोनका पोल आदिबारे अध्ययन हुन बाँकी छ ।

धनगढी–अत्तरिया ६ लेनको सडक निर्माणले यहाँको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । भारतीय सीमासंग जोडिएको रणनीतिक महत्वको सडक भएकाले निर्माणका लागि आवश्यक प्रकृया दु्रत गतिमा अगाडि बढाइनु पर्ने माग यहाँका स्थानीयको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य