विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लाको विकासका लागि समावेशी योजना ल्याउन अछामका नागरिक अगुवाले सुझाव दिएका छन् । उनीहरुले जिल्लाको योजना छनोट हुदा जिल्लामा यो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लाको विकासका लागि समावेशी योजना ल्याउन अछामका नागरिक अगुवाले सुझाव दिएका छन् । उनीहरुले जिल्लाको योजना छनोट हुदा जिल्लामा यो"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लाको विकासका लागि समावेशी योजना

२६ पुष २०७३, मंगलवार ०५:४४

विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लाको विकासका लागि समावेशी योजना ल्याउन अछामका नागरिक अगुवाले सुझाव दिएका छन् । उनीहरुले जिल्लाको योजना छनोट हुदा जिल्लामा योजनाको प्रथमिकता दिँदा लक्षित समुदायलाई प्रमुख आधार मान्न सुझाव दिएका छन् । 

योजना छनोट समावेशी तवरले गरिए पनि कार्यान्वयनमा समस्या आएको औंल्याउँदै उनिहरुले  त्यसतर्फ सर्बदलीय तथा सर्वपक्षीय चासो हुनुपर्नेमा जोड एिका थिए । रेडियो रामारोशन अछामद्धारा प्रशारित रेडियो कार्यक्रम साझाबोली लहरको विषय वस्तु छनोट अन्तर्गत भएको अन्तरक्रियात्मक छलफलमा आगामी दिनमा बस्तुगत योजना निर्माणमा बिशेष ध्यान दिइने बताउँदै स्थानीय बिकास अधिकारी तोयनारायण सुवेदीले जिल्लामा योजना छनोटमा समावेशी सहभागीतामा रही योजना छनोट गर्ने गरेको बताउनु भयो । छलफल कार्यक्रममा बोल्दै उहाँले योजनामा प्रथमिकता दिने गरी योजना निर्माण र अभियानलाई जोड दिइएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा शर्माले योजना छनोट र कार्यान्वयन गर्दा नेपाल सरकारले जारी गरेका नीति नियम अनुसार काम गर्न सहयोग गर्ने बताउनु भएको छ । 

प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लामा अपागं मैत्री भवन निर्माणका लागी पहल भैरहेका पनि जानकारी गराउनु भयो । छलफल कार्यक्रममा प्रहरी प्रमुख निरञ्जन दत्त भट्ट, नागरिक अगुवा तथा महिला सरिता उपाध्यय, दलित महिला संघका अध्यक्ष लक्ष्मी सोप, दलित समन्वय समिती अध्यक्ष महेन्द्र विक, सचिब बृख विक, अपांग उत्थान समिती अध्यक्ष जंग विक, अनुसन्धान अधिकृत लोकराज जोशी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण साझाबोली रेडियो कार्यक्रमका उत्पादक बिद्युत्मा रैका, सामुदायिक रिर्पाेटर गायत्री भण्डारीले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…