माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चौथो नगर परिषद सम्पन्न भएको छ ।परिषदवाट आ व ०७४/७५ को वार्षिक निति,वजेट तथा कार्यक्रम सार्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चौथो नगर परिषद सम्पन्न भएको छ ।परिषदवाट आ व ०७४/७५ को वार्षिक निति,वजेट तथा कार्यक्रम सार्व"/>

१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शिवराज नगरको वजेट १६ करोड ५४ लाख, विकाश पत्रकारिता चौधरिलाई

२६ पुष २०७३, मंगलवार १३:२७


माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चौथो नगर परिषद सम्पन्न भएको छ ।परिषदवाट आ व ०७४/७५ को वार्षिक निति,वजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 

आ व ०७४/७५को लागि  कुल वजेट १६ करोड ५४ लाख २५ हजार ३ सय विनियोजन गरिएको छ ।जसमा चालु वजेटतर्फ ७ करोड ८० लाख २७ हजार पुजिगत तर्फ ८ करोड ७३ लाख ९८ हजार ३ सय रहेको छ ।नगर क्षेत्रको पुर्वधारमा ४ करोड ५ लाख २२ हजार ,ठुला पुर्वधारमा १ करोड १५ लाख,सडक वोर्ड नेपाल २ लाख २० हजार ,लक्षितवर्ग तर्फ १ करोड ११ लाख ९२ हजार ५ सय विनियोजन गरिएको छ । 

नगरपालिकाले विकाशको कार्यलाई तिव्र रुपमा गर्न नसकेको राष्ट्रिय जनमर्चाका छन्द वहादुर के सिले वताए । नगरपालिका वनेको ३ वर्ष पुग्दा समेत नगरको विकाशको काममा सक्रिय रुपमा नलागेको केसिले आरोप लगाए ।

विगतका वजेट पार्दर्शिक हुन नसकेको र कृषिमा वजेट नछुट्टाएकोले कृषि विकाशमा नगरको ध्यान नगएको नेकपा माओवादि क्रान्तिकारिका प्रतिनिधि ज्ञानिराम पुरिले वताए ।वडा नागरिक मन्च वडा १ का संयोजक शुशिला खनालले महिलाको सहभागितामा वृद्धि हुनुपर्ने र महिला विशेष सिपमुलक तालिम को लागि वजेट विनियोजनमा ध्यान दिनुपर्नेमा जोड  दिए ।

नगरका १३ वटा वडाहरुमा वडा सचिव नहुदा जनताले महशुस गरेको शिवपुर गाउ वाल संरक्षक समिति संयोजक जगत जिसिले वताए । 

जिल्लाको १ नम्वरमा पर्न सक्ने सक्भावना रहेको नगरपालिका ले विकाशको गति तिव्र रुपमा लिनु पर्ने महिला अधिकार कर्मि मिना परियारले वताइन ।अत्याधिक धार्मिक स्थलको नगरपालिकोले धार्मिक स्थलको प्रवद्धन गर्न नसक्नु दुख को कुरा रहेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले वताए । परिषदमा वोल्ने वक्ताहरुले योजना मात्र नवनाई योजनालाई सफल पार्नुपर्नेमा जोड दिए ।

  शिवराज नगरपालिकाका कार्यकारि अधिकृत कृष्ण प्रसाद ढकालको अध्यक्षतामा,इलाका प्रशासन कार्यलय चन्द्रौटामा साखा अधिकृत जगदिश अर्यालको प्रमुख आतिथ्यतामा विभिन्न पार्टि प्रतिनिधि,नागरिक समाज,वडा नागरिक मन्च,संघ सस्था,संचारकर्मी लगाएतको सहभागितामा सम्पन्न भएको थियो ।

विकाश पत्रकारिता चौधरिलाई

विगत एक दशक देखि निरन्तर पत्रकारिता क्षेत्रमा नगर विकाशमा योगदान पु¥याएको भन्दै वुटवल टुडेका संवादाता सिताराम चौधरिलाई नगद रु १० हजार सहित कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै