१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माओवादी केन्द्रको पहलमा गुल्मीमा पर्यो ५ करोड बढि रकम

२६ पुष २०७३, मंगलवार १३:५५

प्रेम सुनार/पुस २६, गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीका नेताहरुले आफ्नो पार्टी सरकारमा भएको वेला  गुल्मीका विभिन्न सडकमा फेरी ५ करोड भन्दा बढि रकम पारेका छन् ।

केन्द्रिय सदस्य बुद्धि जिसीले दिएको विवरण अनुसार गुल्मीका विभिन्न सडकहरुमा गरी कुल ५ करोड २५ लाख रुपैयाँ माओवादी केन्द्र गुल्मीका सवै नेताहरुको पहलमा पारिएको छ । उनका अनुसार क्षेत्र नम्वर १ को दिव्रुङ्ग सारङ्ग भञ्ज्याङ्ग सडकका लागि अर्थ मन्त्रलयबाट ४५ लाख रुपैयाँ परेको छ ।  बडागाउँ मुसिकोट, पौदीअमराई , नेटा , दर्लिङ्ग र वाग्लुङ्ग सम्मको छोटो दुरीको सडकका रुपमा थालनी गरिएको भञ्ज्याङ्ग कालिमाटी चुँदरी गाउँ सडकका लागि ५० लाख रकम पारिएको छ ।

नक्कली पोखरा मैदान देउराली मुसिखर्क सडक निर्माणका लागि ३० लाख पारिएको माओवादी नेता युवराज केसीले जनाए । रातामाटा कल्लावोट कहेलपोखरी मोहरमारे सडकका लागि ३० लाख रुपैयाँ,बाख्रे पुर्खे उरिमडाँडा विरमान सडकका लागि ३५ लाख , नयाँगाउँ रहेज काउले पोखरा अरौदी सडकका लागि ५० लाख पारिएको अर्का माओवादी केन्द्रका नेता भुपाल पोखरेलले जानकारी दिए ।

कुतलडाँडा शिद्धकापाटी रंगहिले अर्खवाङ्ग सडकका लागि ३० लाख रुपैयाँ पारिएको अर्का नेता अर्जुन बुढा मगरले जानकारी दिए । मजुवा पिपलपाटा किसीकोट भञ्ज्याङ्ग सडकका लागि ४५ लाख , ओलीवाङ्ग दिव्रुङ्गदह सिन्दुरे घसे सडकका लागि ५५ लाख रुपैयाँ अर्थमन्त्रालयबाट स्वीकृत गराउन पुर्व सांसद तथा गुल्मीका सह ईञ्चार्ज सुदर्शन वराल र सह संयोजक युवाराज केसीको विशेष पहल रहेको जनाईएको छ ।

त्यस्तै सोही पार्टीका विद्यार्थी संगठन अनेरास्वव्यु ( क्रान्तिकारी) का केन्द्रिय सदस्य यदु ज्ञवालीको पहलमा गाङदी सौरीकोट वम्घा सडकका लागि ५५ लाख अर्थ मन्त्रालयबाट स्वीकृत भई सकेको बताईएको छ ।

अर्जेवा न्युरेनी सालिमेदह सडकका लागि ४५ लाख र ईन्द्रगौडा आँपचौर अर्जेवा शान्तिपुर सडकका लागि पनि ५५ लाख रुपैयाँ स्वीकृत भएको माओवादी नेताद्धय वराल र केसीले बताए ।

थप सडक, अन्य विकास निर्माणमा पनि रकम पार्नका लागि जिल्ला पार्टीले पहल गरी रहेको माओवादी केन्द्र गुल्मीका जिल्ला ईञ्चार्ज तथा पोलिटव्युरो सदस्य दिनेश पन्थीले बताए ।

भञ्ज्याङ्ग कालिमाटी चुँदरीगाउँको सडकका लागि सुरु देखि अगुवाई गरेका माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य खुमबहादुर थापाले यस वर्ष वहुवर्षिय योजनामा उक्त सडक परेकोले अर्को वर्ष पनि त्यति नै रकम पर्न सक्ने बताए । त्यसरी मन्त्रालयबाट पारिएको रकमबाट जिल्ला विकास समिति मार्फत सम्झौता भई काम अगाडी बढाईने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै