दलसिंह गिरी/पुस २६, कालिकोट । जिल्लामा संचालन हुने अधिकांश भौतिक संरचनाका योजनाहरु निर्माण कार्य सुरु गर्नु पूर्व सम्बन्धित निकायले योजनाको सार्वजनिक सुनुवाई गरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/पुस २६, कालिकोट । जिल्लामा संचालन हुने अधिकांश भौतिक संरचनाका योजनाहरु निर्माण कार्य सुरु गर्नु पूर्व सम्बन्धित निकायले योजनाको सार्वजनिक सुनुवाई गरि"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ योजनाबारे कालिकोटका लक्षित समुदायलाई छर्लङ्ग पारियो

२६ पुष २०७३, मंगलवार १४:४६

दलसिंह गिरी/पुस २६, कालिकोट । जिल्लामा संचालन हुने अधिकांश भौतिक संरचनाका योजनाहरु निर्माण कार्य सुरु गर्नु पूर्व सम्बन्धित निकायले योजनाको सार्वजनिक सुनुवाई गरिनु पर्ने नेपाल सरकारको अवधारणा अनुसार साना सिचाई कार्यक्रमलद्धारा आज सिपखानामा संचालित योजनाको सार्बजनिक सुनुवाई गरिएको छ । 

सिपखाना गाविस वडा नं. २ अन्तर्गत बडलतोला कुलो सिचाई योजना निर्माणका लागि संम्झौता हुनु पूर्व सिपखानामै योजनाबारे सार्वजनिक सुनुवाई गरिएको हो । नेपाल सरकार र स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित साना सिचाई कार्यक्रम मार्फत सिपखानामा निर्माण हुन लागेको कुलोसिचाईबाट गरिब १ सय ४० घरधुरीको २७ हेक्टर जमिन सिचाई हुने साना सिचाई कार्यक्रमका सवईन्जिनियर अंक बहादुर नेपालीले बताउनु भएको छ । 

कुलो सिचाई निर्माण उपभोक्ता समितिका अध्यक्ष श्री डम्मर वहादुर शाहीको अध्यक्षता तथा ८० भन्दा बढी स्थानीय उपभोक्ताहरुको सहभागितामा गरिएको सार्वजनिक सुनुवाईमा ६ सय ३८ मिटर पक्की कुलो निर्माण गरिने र यसका लागि २ लाख १६ हजार ९ सय १२ रुपैया बरावरको जनश्रमदानका साथै ३३ लाख ५१ हजार ६ सय ४८ रुपैया बरावरको नगद अनुदान गरी कुल ३५ लाख ६८ हजार ५ सय ६० रकम बराबरको लागत रहेको सव इन्जिनियर नेपालीले बताउनु भएको छ । 

यसैगरी साना सिचाई कार्यक्रम द्धारा निर्माण गरिएका योजनाहरुको मर्मत सम्भारका लागि २ दिने मर्मत सम्भार तालिम आज मान्ममा सम्पन्न भएको छ । नेपाल सरकार र स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित साना सिचाई कार्यक्रम द्धारा आर्थिक बर्ष २०७२/०७३मा निर्माण भै सम्पन्न भएका भाङछाडा कुलो सिचाई योजना कालीका ८, रानीपाटा सिचाई कुलो योजना गेला ५, सिम्लेगाड देखि खोदागडा कुलो सिचाई योजना दाँहा ४, ६ र घट्टालीगाँउ कुलो सिचाई योजना मान्म ७ लाभाम्बित उपभोक्ता समितिका पदाधिकारीहरुका लागि तालिम संचालन गरिएको साना सिचाई कार्यक्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह