२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालगन्ज सदरलाइन सडक विस्तार हुने

२०७३, २७ पुष बुधबार ०८:५७

पुस २७, नेपालगन्ज । नेपालगन्ज बजारको सदरलाइन सडक चौडा गर्न स्थानीयबासीले साथ दिने प्रतिबद्धता जनाएपछि सडक विस्तार आयोजना अघि बढने भएको छ । 

नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्ज उपमहानगरपालिका, सरोकारवाला र स्थानीयबासी बीच भएको छलफलमा घरधनीले आफ्नो संरचना आफैं भत्काउने सहमति जनाएपछि सो सडकखण्ड चौडा हुने भएको हो । 

एशियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित एकिकृत शहरी विकास आयोजनाको सहयोगमा सो सडकखण्ड १४ मिटर चौडा गरिने भएको छ । 

सडक विस्तार गर्दा हुने क्षती न्यूनीकरण र सरोकारवालासँगको सहजीकरणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको संयोजकत्वमा २२ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ । 

नगरपालिकाका प्रमुख गिरीराज ज्ञवालीले आयोजना संचालनमा स्थानीयबासीको सहयोग नै मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

अपराध नियन्त्रण तथा अनुसन्धान कार्यशाला 

भेरी अञ्चल प्रहरी कार्यालयअन्तर्गतका जिल्लाका प्रहरी अनुसन्धान अधिकृतको एक दिने ‘अपराध नियन्त्रण तथा अनुसन्धान’ कार्यशाला गोष्ठी आज यहाँ आयोजना गरिएको छ । 

अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्न्यातका अनुसार, गोष्ठीमा बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र दैलेख जिल्लाका १३ युनिटका ५५ अनुसन्धान अधिकृतको सहभागिता छ । 

गोष्ठीमा सबै युनिटले छ महिनाको अवधिमा सम्पादन गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै अनुसन्धानका क्रममा देखिएका अप्ठ्याराका विषयमा छलफल गरिएको छ । 

सो गोष्ठीको क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गर्दै प्रहरी अनुसन्धान अधिकृतले घटनाको अनुसन्धान गर्दै धैर्यतालाई छाड्न नहुने बताउँदै हतारमा गरिएको अनुसन्धानले अन्ततः पीडितले दुःख पाउँछन् भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति