दिनेश ठकुल्ला/पुस २८, धनगढी । सुदूरपश्चिममा बैंक तथा वित्तिय संस्थाहरुले संकलित निक्षेप भन्दा बढी कर्जा लगानी गरेका नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यद्यपि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/पुस २८, धनगढी । सुदूरपश्चिममा बैंक तथा वित्तिय संस्थाहरुले संकलित निक्षेप भन्दा बढी कर्जा लगानी गरेका नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यद्यपि"/>
१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिममा कर्जा लगानी उत्साहजनक: राष्ट्र बैंक

२८ पुष २०७३, बिहीबार ०६:२३

दिनेश ठकुल्ला/पुस २८, धनगढी । सुदूरपश्चिममा बैंक तथा वित्तिय संस्थाहरुले संकलित निक्षेप भन्दा बढी कर्जा लगानी गरेका नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यद्यपि बैंक तथा वित्तिय संस्थाहरुको लगानी कैलाली, कञ्चनपुरमा केन्द्रीत छ । पहाडी जिल्लामा लगानी न्यून देखिन्छ ।

नेपाल राष्ट्र बैंक धनगढीको तथ्यांकअनुसार यस क्षेत्रमा रहेका २ सय ३ वटा वर्गीकृत बैंक तथा वित्तिय संघसंस्थाहरुले हालसम्म ३७ अर्ब ५४ करोड रुपैया निक्षेप संकलन गरेकामा ६० अर्ब ४४ करोड कर्जा लगानी गरेका छन् । २०७२ साल असारसम्म यस क्षेत्रमा बैंक तथा वित्तिय संस्थाको लगानी ३७ अरब ३९ करोड रहेको थियो ।

बैंक तथा वित्तिय संस्थाहरुको लगानी कैलाली, कञ्चनपुरमा केन्द्रीत हुँदा पहाडी जिल्लाहरुमा भने निक्षेप भन्दा लगानी निकै कम छ । दुई जिल्लामा गरिएको लगानी झण्डै ५६ अर्ब अर्थात कुल लगानीको ९२ प्रतिशत भन्दा बडी रहेको छ । सुदूरपश्चिममा सबै भन्दा बढी ८४ बैंक तथा वित्तिय संस्था रहेको कैलालीमा क्षेत्रभरी भएको लगानीको ७२ प्रतिशत भन्दा बढी लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

कैलालीमा १८ अर्ब ९ करोड निक्षेप संकलन भएको र ४३ अर्ब ७० करोड लगानी भएको नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रृत थापाले जानकारी दिनुभयो । कञ्चनपुरमा ९ अर्ब १० करोड निक्षेप संकलन भएकोमा १२ अर्ब २६ करोड लगानी भएको उहाले बताउनुभयो  ।

यस्तै डडेल्धुरामा २ अर्ब २९ करोड निक्षेप संकलन भएकोमा १ अर्ब ४० करोड, डोटीमा १ अर्ब ९६ करोड निक्षेप र ८२ लाख कर्जा तथा बैतडीमा १ अर्ब ६३ करोड निक्षेप संकलन भएकोमा ७२ करोड लगानी रहेको राष्ट्र बैंक धनगढीको तथ्यांक छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अछाममा ७८ करोड निक्षेप र ४५ करोड कर्जा, दार्चुलामा १ अर्ब २५ करोड निक्षेप र ५९ करोड लगानी, बाजुरामा ६७ करोड निक्षेप र २४ करोड लगानी तथा बझाङमा ९६ करोड निक्षेप र २६ करोड लगानी रहेको छ ।

कञ्चनपुरमा ४४, डडेल्धुरामा १४, डोटीमा १२, बैतडीमा ९, अछाममा १७, दार्चुलामा ८, बाजुरामा ६ र बझाङमा ७ वटा बैकिंड्ड कारोबारको अनुमति पाएका क, ख, ग र घ वर्गका बैंक तथा वित्तिय संस्थाहरु रहेका राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक थापाले सुदूरपश्चिममा बैंक तथा वित्तिय संस्थाको समष्टिगत कर्जा लगानी विगतको तुलनामा उत्साहजनक रहेको बताउनुभयो  । सुदूरपश्चिममा बैंक तथा वित्तिय संस्थाहरुको लगानी बढ्दै गईरहेको उहाले बताउनुभयो  ।

बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा निक्षेप संकलन गरि अन्य क्षेत्रमा लगेर लगानी गर्ने गरेको भन्ने आरोप लाग्ने गरे पनि तथ्यांक हेर्दा त्यस्तो नदेखिएको उहाको भनाई थियो । ‘बैंक तथा वित्तिय संस्थाहरुले सुदूरपश्चिममा लगानी गर्दैनन्, निक्षेपमात्रै संकलन गर्छन भन्ने सुनिन्छ तर कर्जा लगानी विगतका वर्षहरुमा भन्दा उत्साहजनक रुपमा बढेको छ ।’ निर्देशक थापाले भने–‘सुदूरपश्चिममा संकलित कर्जा भन्दा बढी लगानी भएको देखिन्छ ।’

यस क्षेत्रका धेरै जनता बैंकिड्ड सेवाबाट बाहिर रहे पनि ग्रामीण क्षेत्रमा पनि वित्तिय संस्थाको पहुँच विस्तार हुँदै गएको निर्देशक थापाले बताउनुभयो  । उहाले पर्यटनलाई केन्द्रीत गरेर स्तरीय होटेलहरुमा लगानी बढ्दै जानु र जलविद्युत उत्पादनका संभावनाको पहिचानको प्रयास हुन आर्थिक विकासका लागि सकारात्मक भएको बताउनुभयो  ।

 विगतको तुलनामा कर्जा लगानी उत्साहजनक देखिए पनि यस क्षेत्रमा पूर्वाधारमा राज्य र वित्तिय संस्थाहरुको ठोस लगानी आवश्यक रहेको उहाले बताउनुभयो  । गरिबी, भौगोलिक विकटता, श्रमशक्तिको पलायन, वित्तिय साक्षरताको अभाव, सामाजिक आर्थिक सुरक्षाको अभावजस्ता कारण आर्थिक तथा वित्तिय विकासका चुनौती रहेका बताउनुभयो  ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले वाणिज्य बैंकले लगानीको २० प्रतिशत उर्जा र कृषिमा अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गरिएको बताउनुभयो  । त्यसमध्ये पनि १५ प्रतिशत उर्जा र कृषिमा लगाउन अनिवार्य गरिएको उहाले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा