१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्रोत जुटाएर खोला नियन्त्रणमा जुट्दै स्थानीयवासी

२९ पुष २०७३, शुक्रबार ०७:३१

पुस २९, मोरङ । मोरङको मधुमल्लास्थित नुनसरी बक्राहा खोला नियन्त्रणका लागि स्थानीयवासी स्रोत जुटाएर आफैँ काममा जुटेका छन् । 

खोलाले बाँध फुटाएर गाउँमा पसेपछि सरकारले खोला नियन्त्रणको आश्वासन दिए पनि काम तदारुकता नदेखाएकाले थानीयवासी आफै नियन्त्रणमा जुटेका हुन् । गत असार ७ र २९मा बक्राहा खोलाले बाँध फुटाएर गाउँ पस्दा मधुमल्लाका ४, ५ ,६, ७ र ८ वडाका सयौँ घरपरिवार घरबारविहीन हुनुका साथै दुईजनाको मृत्युसमेत भएको थियो । 

खोलाले मधुमल्ला – ५ को चार ठाउँमा करिब एक किलोमिटर बाँध फुटाएको र हालसम्म पनि सो बाँध मर्मत हुननसक्दा स्थानीयवासी फेरी बर्खामा खोला गाउँपस्ने त्रासमा छन् । 

बाढीले स्थानीयवासीको तीन सय बिगाहा जमिन बगरमा परिणत गराएकाले घरबार बिहिन ३० घरपरिवार त्रिपाल टाँगेर बगरमै बस्दै आएका छन। 

स्थानीय समाजसेवी तथा स्थानीय राजनीतिक दलकोे संयन्त्रबाट नुनसरी, रचना, साखरे बाढिपीडित दैवीप्रकोप न्यूनीकरण उद्धार मूलसमिति गठन गरेर नै खोला नियन्त्रण गर्न सुरु गरिएको हो । 

समितिले खोलामा ढुङ्गा गिट्टी उत्खनन् गर्ने ट्याक्टरबाट दुईदेखि तीन सय रुपैँयासम्म सहयोग रकम उठाएर खोला नियन्त्रणको काम सुरु गरेको छ । गत असोज १ गतेबाट हालसम्म ट्याक्टरबाट उठाइइएको सहयोगबाट रु १० लाख जम्मा भइसकेको समितिका अध्यक्ष डिल्लीराम खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार यसवर्ष मात्रै समितिको पहलमा मधुमल्ला ४ र ५ को सिमाना सापकोटाडाँडामा दुई सय मिटर बाँध बनाइएको छ । यस्तै मधुमल्ला– ४ को शान्ति टोलमा पनि १५० मिटर बाँध बनाइएको उहाँले बताउनुभयो । बाँध जीर्ण भएका अन्य ठाउँमा पनि मर्मत गर्ने काम भइरहेको स्थानीय जङ्ग खत्रीले बताउनुभयो । 

“बर्खा लाग्ने समय सुरु हुन लागिसक्यो सरकारले खोलाले फुटाएको बाँध मर्मतमा चासो देखाएन त्यसैले आफै स्रोत जुटाएर बाँध बनाउन लागियो” खत्रीले भन्नुभयो, “बेलैमा चासो नदिने हो भने आगामी वर्षदेखि गाउँ नै छाड्नुपर्ने बाध्यता हुनेछ । ” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह