पुस २९, खोटाङ । जिल्लाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर आज उद्घाटन गरिएको छ । 

दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २९, खोटाङ । जिल्लाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर आज उद्घाटन गरिएको छ । 

दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेव"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेवाखोला हाइड्रोपावर सञ्चालनः खोटाङ लोडसेडिङ मुक्त

२०७३, २९ पुष शुक्रबार १३:१५


पुस २९, खोटाङ । जिल्लाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर आज उद्घाटन गरिएको छ । 

दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोलाबाट जलविद्युत् उत्पादन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जलविद्युत्को उद्घाटन गर्दै उहाँले चाँडोभन्दा चाँडो चुनाव नगरिएमा संविधान कार्यान्वयन नहुने जिकिर गर्नुभयो । 

स्थानीय जनप्रतिनिधि नहुँदा गाउँ तथा नगरमा बर्सेनि विकासका लागि पठाइएको अरबौँ रकम दुरुपयोग हुने गरेको बताउँदै उहाँले अब चाँडोभन्दा चाँडो स्थानीय तहको चुनाव हुनुपर्छ भन्नुभयो । 

समुदाय, सानिमा बैंक र बैंक अफ काठमाडौँबाट व्यहोरिएको करिब रु २२ करोडको लागतमा हाइड्रोपावर सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो । 

विद्युत्भार कटौतीको मार खेपिरहेका खोटाङवासी मेवाखोला हाइड्रोपावर सञ्चालन भएपछि हर्षित बनेका छन् । जिल्लामा २.५ मेगावाट विद्युत् खपत भइरहेकामा मेवा खोलाबाट उत्पादित एक मेगावाट विद्युत् थप भएपछि विद्यत्भार कटौती नहुने बताइएको छ । 

जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा विसं २०७१ देखि हाइड्रोपावरको काम सुरु गरिएको थियो । 

विसं २०७२ असोजमा बत्ती बाल्ने भनिएको हाइड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्ष दिनपछि सञ्चालनमा ल्याउन सफल भएको आयोजना प्रमुख ललितकुमार राईले बताउनुभयो । गत मङ्सिर १५ गतेदेपखि परीक्षण प्रसारण गरिएको हाइड्रोपावर आज औपचारिक उद्घाटन गरिएको हो । 

मेवाखोलाबाट उत्पादित विद्युत् बुइपामा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसनमा जोेडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी क्षमताको मेवाखोला हाइड्रोपावर सार्वजनिक, निजी साझेदारी ढाँचामा सञ्चालन गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति