२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी मध्यविन्दुको बजेट १५ करोडभन्दा बढी

२०७३, १ माघ शनिबार ०६:४६

माघ १, कावासोती । नवलपरासी, मध्यविन्दु नगरपालिकाले आगामी आव २०७४/०७५ का लागि रु १५ करोड ८३ लाख ५१ हजार को बजेट पारित गरेको छ । 

शुक्रबार आयोजित दोस्रो नगर परिषद्ले आन्तरिक आयतर्फ रु एक करोड ६० लाख, अनुदान तथा राजस्व बाँडफाँटबाट करिब रु नौ करोड २४ लाख र सामाजिक सुरक्षातर्फ रु पाँच करोडको बजेट पारित गरेको नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । 

बजेट बाँडफाँटअन्तर्गत आर्थिक सामाजिक एवम् भौतिक पूर्वाधार विकासका लागि करिब रु एक करोड ६६ लाख छुट्याइएको छ । त्यस्तै प्रवद्र्धनात्मक कार्यक्रमका लागि रु ४१ लाख ४० हजार र लक्षित वर्ग कार्यक्रमका लागि रु एक करोड ३८ लाख विनियोजित गरिएको छ । बजेट नगरपालिकाको पूर्वाधार विकास सँगसँगै सामाजिक सुरक्षाका क्षेत्रमा समेत केन्द्रित रहेको बताइएको छ । 

सो अवसरमा सांसद कृष्णप्रसाद पौडेलले नगरपालिकाको नीति, योजना, बजेट तथा कार्यक्रम सँगसँगै खोलानालाजन्य पदार्थको चोरी निकासी नियन्त्रण लागि समेत ध्यान दिनुपर्ने बताउनुभयो । 

स्थानीय विकास अधिकारी युवराज कट्टेलले जिल्लामा कानुन विपरीतका काम हुन नदिने र राजस्वका वृद्धि लागि नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रणका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी