कृष्ण कँडेल/ माघ १, बागलुङ । मालारानी युवा क्लव दर्लिङ–१ ले आयोजना गरेको माघे सक्रान्तिमेलाको आज एक कार्यक्रम सहित उद्घाटन गरिएको छ ।

दर्लिङको माल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/ माघ १, बागलुङ । मालारानी युवा क्लव दर्लिङ–१ ले आयोजना गरेको माघे सक्रान्तिमेलाको आज एक कार्यक्रम सहित उद्घाटन गरिएको छ ।

दर्लिङको माल"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दर्लिङमा माघे सक्रान्ति मेलाको उद्घाटन, नेपालीद्वारा ठुलो धनराशि सहयोग

१ माघ २०७३, शनिबार १५:०१


कृष्ण कँडेल/ माघ १, बागलुङ । मालारानी युवा क्लव दर्लिङ–१ ले आयोजना गरेको माघे सक्रान्तिमेलाको आज एक कार्यक्रम सहित उद्घाटन गरिएको छ ।

दर्लिङको मालारानीमा भएको कार्यक्रममा रेडियो बुर्तिबा तथा ईमेज सहकारीका अध्यक्ष तथा पश्चिमाञ्चल भलिबल संघका सल्लाहकार देवकुमार नेपालीले मेलाको उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले नागरिकको जीवनस्तर सुधारका लागि शिक्षाको महत्व रहेको बताउनुभयो । उहाँले क्लवले प्रतियोगितात्मक कार्यक्रम सहित समाज सुधार तथा परिबर्तनका कामलाई पनि अघि बढाउन आग्रह गर्नुभयो । 


नेपालीले पछि परेको दलित समुदायलाई अघि बढाउनु राज्यको पहिलो दाईत्व भएको भन्दै शिक्षा र चेतना बढाउन आफै लाग्नुपर्नेमा पनि जोड दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक केदारनाथ उप्रेती, नेपाल भुतपुर्व सैनिक संघका केन्द्रिय कोषाध्यक्ष टोपबहादुर मल्ल, नेपाली काँग्रशका कृष्ण गुरुङ, नेकपा एमालेका केसर छन्त्याल, नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल, महिला अगुवा गण्डकी थापा अधिकारी, युवा समाज सेवि कृष्ण भट्टराईले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेपालीले स्थानिय संघ संस्था तथा समुदायलाई ठुलो धन राशि सहितको रकम सहयोग गर्नुभएको छ । उहाँले मालारानी प्राविलाई तिन बर्षका लागि मासिक ६ हजारका दरले एक जना शिक्षकको तलब, क्लवलाई ७० हजार नगद, स्थानिय महिला समुहलाई नगद १० हजार, पञ्चेबाजा समुहलाई १० हजार, स्थानिय दलित समितिलाई १० हजार र कलाकार टिमलाई २ हजार नगद सहयोग प्रदान गर्नुभएको थियो ।


उहाँले मालारानीमा भएका दलित समुदाय आफ्नो आमाको माईती भएको स्मरण गर्दै उनिहरुको घर छाउनको लागि रङ्गिन जस्ता पाता सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले त्यहाँ भएका घर धुरी गणना गरि आफ्नो घर छाउन पुग्ने जति जस्ता पाता दिने बताउनुभएको थिायो । 

कार्यक्रम क्लवका अध्यक्ष युवराज मल्लको अध्यक्षता, रमेश मल्लको स्वागत र राजकुमार केसीको सञ्चालनमा सम्पन्न भएको थियो । मेलाको अबसरमा आयोजित भलिबल लगायतका कार्यक्रम आज भएका छन्  । भोली पनि मेला जारी रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य