कृष्ण कँडेल/ माघ १, बागलुङ । मालारानी युवा क्लव दर्लिङ–१ ले आयोजना गरेको माघे सक्रान्तिमेलाको आज एक कार्यक्रम सहित उद्घाटन गरिएको छ ।

दर्लिङको माल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/ माघ १, बागलुङ । मालारानी युवा क्लव दर्लिङ–१ ले आयोजना गरेको माघे सक्रान्तिमेलाको आज एक कार्यक्रम सहित उद्घाटन गरिएको छ ।

दर्लिङको माल"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दर्लिङमा माघे सक्रान्ति मेलाको उद्घाटन, नेपालीद्वारा ठुलो धनराशि सहयोग

२०७३, १ माघ शनिबार १५:०१


कृष्ण कँडेल/ माघ १, बागलुङ । मालारानी युवा क्लव दर्लिङ–१ ले आयोजना गरेको माघे सक्रान्तिमेलाको आज एक कार्यक्रम सहित उद्घाटन गरिएको छ ।

दर्लिङको मालारानीमा भएको कार्यक्रममा रेडियो बुर्तिबा तथा ईमेज सहकारीका अध्यक्ष तथा पश्चिमाञ्चल भलिबल संघका सल्लाहकार देवकुमार नेपालीले मेलाको उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले नागरिकको जीवनस्तर सुधारका लागि शिक्षाको महत्व रहेको बताउनुभयो । उहाँले क्लवले प्रतियोगितात्मक कार्यक्रम सहित समाज सुधार तथा परिबर्तनका कामलाई पनि अघि बढाउन आग्रह गर्नुभयो । 


नेपालीले पछि परेको दलित समुदायलाई अघि बढाउनु राज्यको पहिलो दाईत्व भएको भन्दै शिक्षा र चेतना बढाउन आफै लाग्नुपर्नेमा पनि जोड दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक केदारनाथ उप्रेती, नेपाल भुतपुर्व सैनिक संघका केन्द्रिय कोषाध्यक्ष टोपबहादुर मल्ल, नेपाली काँग्रशका कृष्ण गुरुङ, नेकपा एमालेका केसर छन्त्याल, नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल, महिला अगुवा गण्डकी थापा अधिकारी, युवा समाज सेवि कृष्ण भट्टराईले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेपालीले स्थानिय संघ संस्था तथा समुदायलाई ठुलो धन राशि सहितको रकम सहयोग गर्नुभएको छ । उहाँले मालारानी प्राविलाई तिन बर्षका लागि मासिक ६ हजारका दरले एक जना शिक्षकको तलब, क्लवलाई ७० हजार नगद, स्थानिय महिला समुहलाई नगद १० हजार, पञ्चेबाजा समुहलाई १० हजार, स्थानिय दलित समितिलाई १० हजार र कलाकार टिमलाई २ हजार नगद सहयोग प्रदान गर्नुभएको थियो ।


उहाँले मालारानीमा भएका दलित समुदाय आफ्नो आमाको माईती भएको स्मरण गर्दै उनिहरुको घर छाउनको लागि रङ्गिन जस्ता पाता सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले त्यहाँ भएका घर धुरी गणना गरि आफ्नो घर छाउन पुग्ने जति जस्ता पाता दिने बताउनुभएको थिायो । 

कार्यक्रम क्लवका अध्यक्ष युवराज मल्लको अध्यक्षता, रमेश मल्लको स्वागत र राजकुमार केसीको सञ्चालनमा सम्पन्न भएको थियो । मेलाको अबसरमा आयोजित भलिबल लगायतका कार्यक्रम आज भएका छन्  । भोली पनि मेला जारी रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति