१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलाममा कृषि परियोजनाका लागि डेढ करोड लगानी

२ माघ २०७३, आईतवार ०६:४०

माघ २, इलाम | व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ । 

जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो । 

एडिबीको सहयोगमा विगतमा पनि इलामका किसान तथा उद्यमीलाई विभिन्न परियोजनामार्फत जीविकोपार्जनमा सहयोग पु¥याउन महत्वपूर्ण परियोजनामार्फत सहयोग गर्दै आएको छ । 

हाल प्रतिव्यावसायिक फार्म र सहकारीलाई न्यूनतम रु तीन लाख र अधिकतम रु चार लाखसम्म सहयोग उपलब्ध गराउन लागिएको जिल्ला पशुसेवा कार्यालय, इलामका प्रमुख डाक्टर पशुपति ढुङ्गानाले बताउनुभयो । 

चिज, घ्यू, छुर्पी उत्पादन गर्दै आएका व्यावसायिक डेरी, सहकारी संस्था र फार्मले प्रस्तावना पेस गरेकामा उनीहरूसँग सम्झौता गर्ने तयारी गरिरहेको पशुसेवा कार्यालयले जनाएको छ । 

सैँतिसवटा फार्म तथा सहकारी संस्थासँग अनुदान सम्झौता गरिने तयारी गरिएको प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । परियोजनाका लागि कृषक तथा उद्यमीले जिल्लाभरबाट ४५ वटा प्रस्ताव पेस गरेका छन् । 

आवेदकले पानीको ट्याङ्की निर्माण, अत्याधुनिक गोठ निर्माण, क्रिम सेपरेटरको, डेरी भवन निर्माण, मर्मत सम्भार गर्न, सोलार ड्रायर, छुर्पी च्याप्ने हाड्रोलिक मेसिन, डिप फ्रिज तथा दूध प्रशोधनका लागिसमेत परियोजना पेस गरेका छन् । 

परियोजना सम्पन्न गरिसकेपछि मात्र फार्म र सहकारीले रकम भुक्तानी पाउने व्यवस्था गरिएको छ । आवेदकले कुल परियोजनाको ७५ प्रतिशत रकम अनुदान पाउने व्यवस्था रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह