कुल्ला/माघ ३, धनगढी । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुल्ला/माघ ३, धनगढी ।
२०८२, २६ फाल्गुन मंगलवार
अर्थ/विकास

नक्सामा मात्र बन्छन धनगढीमा भूकम्प प्रतिरोधी भवन

२०७३, ३ माघ सोमबार ०२:३६

कुल्ला/माघ ३, धनगढी । कुल्ला/माघ ३, धनगढी । धनगढीमा राष्ट्रिय भवन निर्माण संहिता कार्यान्वयन भएको करिब साढे तीन वर्ष पुगेको भएको छ । तर, भवन निर्माण संहिता कडाईका साथ कार्यान्वयन हुन नसक्दा अहिले पनि भूकम्प प्रतिरोधी संरचना निर्माण हुन सकेका छैनन् ।

दिनेश ठकुल्ला/माघ ३, धनगढी । धनगढीमा राष्ट्रिय भवन निर्माण संहिता कार्यान्वयन भएको करिब साढे तीन वर्ष पुगेको भएको छ । तर, भवन निर्माण संहिता कडाईका साथ कार्यान्वयन हुन नसक्दा अहिले पनि भूकम्प प्रतिरोधी संरचना निर्माण हुन सकेका छैनन् ।

भवन निर्माण संहिता लागू गरेयता उपमहानगरपालिकाले घर, भवन निर्माणका लागि भूकम्प प्रतिरोधी नक्सा अनिवार्य रुपमा पास गर्ने व्यवस्था गरेको छ । भूकम्प प्रतिरोधी नक्सा पास गरे पनि घर बनाउँदा भने नक्सा विपरित बनाउने प्रवृतिले संहिता कार्यान्वयनमा चुनौति देखिएको उपमहानगरपालिकाले जनाएको छ ।

नक्सा पास गर्ने भवन नक्साअनुसार भूकम्प प्रतिरोधी बन्दै छ÷छैनन् भनेर उपमहानगरपालिकाले पनि अनुगमन गर्न सकेको छैन । जसले गर्दा भूकम्प प्रतिरोधी नक्सा बन्ने तर संरचना पहिलेकैजस्तो बनाउने गरिएको सरोकारवालाले बताएका छन् ।

धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापाले संहिता पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाले जनशक्ति, साधनश्रोतको अभावले प्रभावकारी अनुगमन हुन नसक्नु, भूकम्पबाट हुने क्षति कम गर्न भूकम्प प्रतिरोधी संरचना बनाउनु पर्छ भन्ने बुझाई नहुनुजस्ता कारणले संहिता कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभयो ।

भूकम्प प्रतिरोधी संरचना बनाउँदा धेरै खर्च लाग्छ भन्ने बुझाईले पनि धेरैले भूकम्प प्रतिरोधी नक्सा बनाउने तर घर बनाउदा नक्साअनुसार नबनाउने गरेका उहाको भनाई छ । उहाले संहिता पूर्ण रुपमा कार्यान्वयनका लागि उपमहानगरपालिकाले पहल गरिरहेको बताउनुभयो ।

भूकम्प प्रतिरोधी संरचना बनाउदा केही बढी खर्च लागे पनि धेरै खर्च लाग्छ भन्ने बुझाई गलत रहेको प्राविधिकहरु बताउछन। धनगढीमा घर, भवन निर्माणको क्रम तीव्र भईरहेको छ तर ती मध्ये भूकम्प प्रतिरोधी संरचना निकै कम बन्ने गरेका बताइन्छ ।

उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले तीन वर्षयता करिब दुई हजार भूकम्प प्रतिरोधी घर नक्सा उपमहानगरपालिकाबाट पास भएका बताउनुभयो । उहाले घर नक्सा पास गर्दा भूकम्प प्रतिरोधी बनाउने तर भवन बनाउदा प्रतिरोधी नबनाउने गरेको पाइने गरेको बताउनुभयो ।

उपमहानगरपालिकामा नम्सा पास विना घर बनाउन नपाइने व्यवस्था भए पनि कतिपयले नक्सा पास नगरेरै घर बनाउने गरेका उहाले बताउनुभयो । 

तत्कालिन धनगढी नगरपालिकाले २०७० साल भदौ १६ गतेदेखि धनगढीमा राष्ट्रिय भवन संहिता कार्यान्वयन गरेको थियोे । भवन निर्माण संहिता कार्यान्वयन गर्ने धनगढी सुदूरपश्चिमको पहिलो नगर हो । 

भवन संहिता कार्यान्वयनका लागि डकर्मीहरुलाई तालिम समेत दिने गरिएको उपमहानगरपालिकाले जनाएको छ । संहिताको पूर्ण कार्यान्वयनका लागि भूकम्प प्रतिरोधी संरचना बनिरहेका छन्/छैनन् भनि अनुगमन गर्न जरुरी रहेको सरोकारवालाको भनाई छ । 

अनुगमनलाई प्रभावकारी बनाउने, भूकम्पबारे सचेतना बढाउने, संरचना निर्माणका लागि आवश्यक जनशक्तिको व्यवस्था गर्न सके संहिता कार्यान्वयनमा सहज हुने कतिपयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी