कुल्ला/माघ ३, धनगढी । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुल्ला/माघ ३, धनगढी ।
१२ माघ २०८२, आईतवार
अर्थ/विकास

नक्सामा मात्र बन्छन धनगढीमा भूकम्प प्रतिरोधी भवन

३ माघ २०७३, सोमबार ०२:३६

कुल्ला/माघ ३, धनगढी । कुल्ला/माघ ३, धनगढी । धनगढीमा राष्ट्रिय भवन निर्माण संहिता कार्यान्वयन भएको करिब साढे तीन वर्ष पुगेको भएको छ । तर, भवन निर्माण संहिता कडाईका साथ कार्यान्वयन हुन नसक्दा अहिले पनि भूकम्प प्रतिरोधी संरचना निर्माण हुन सकेका छैनन् ।

दिनेश ठकुल्ला/माघ ३, धनगढी । धनगढीमा राष्ट्रिय भवन निर्माण संहिता कार्यान्वयन भएको करिब साढे तीन वर्ष पुगेको भएको छ । तर, भवन निर्माण संहिता कडाईका साथ कार्यान्वयन हुन नसक्दा अहिले पनि भूकम्प प्रतिरोधी संरचना निर्माण हुन सकेका छैनन् ।

भवन निर्माण संहिता लागू गरेयता उपमहानगरपालिकाले घर, भवन निर्माणका लागि भूकम्प प्रतिरोधी नक्सा अनिवार्य रुपमा पास गर्ने व्यवस्था गरेको छ । भूकम्प प्रतिरोधी नक्सा पास गरे पनि घर बनाउँदा भने नक्सा विपरित बनाउने प्रवृतिले संहिता कार्यान्वयनमा चुनौति देखिएको उपमहानगरपालिकाले जनाएको छ ।

नक्सा पास गर्ने भवन नक्साअनुसार भूकम्प प्रतिरोधी बन्दै छ÷छैनन् भनेर उपमहानगरपालिकाले पनि अनुगमन गर्न सकेको छैन । जसले गर्दा भूकम्प प्रतिरोधी नक्सा बन्ने तर संरचना पहिलेकैजस्तो बनाउने गरिएको सरोकारवालाले बताएका छन् ।

धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापाले संहिता पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाले जनशक्ति, साधनश्रोतको अभावले प्रभावकारी अनुगमन हुन नसक्नु, भूकम्पबाट हुने क्षति कम गर्न भूकम्प प्रतिरोधी संरचना बनाउनु पर्छ भन्ने बुझाई नहुनुजस्ता कारणले संहिता कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभयो ।

भूकम्प प्रतिरोधी संरचना बनाउँदा धेरै खर्च लाग्छ भन्ने बुझाईले पनि धेरैले भूकम्प प्रतिरोधी नक्सा बनाउने तर घर बनाउदा नक्साअनुसार नबनाउने गरेका उहाको भनाई छ । उहाले संहिता पूर्ण रुपमा कार्यान्वयनका लागि उपमहानगरपालिकाले पहल गरिरहेको बताउनुभयो ।

भूकम्प प्रतिरोधी संरचना बनाउदा केही बढी खर्च लागे पनि धेरै खर्च लाग्छ भन्ने बुझाई गलत रहेको प्राविधिकहरु बताउछन। धनगढीमा घर, भवन निर्माणको क्रम तीव्र भईरहेको छ तर ती मध्ये भूकम्प प्रतिरोधी संरचना निकै कम बन्ने गरेका बताइन्छ ।

उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले तीन वर्षयता करिब दुई हजार भूकम्प प्रतिरोधी घर नक्सा उपमहानगरपालिकाबाट पास भएका बताउनुभयो । उहाले घर नक्सा पास गर्दा भूकम्प प्रतिरोधी बनाउने तर भवन बनाउदा प्रतिरोधी नबनाउने गरेको पाइने गरेको बताउनुभयो ।

उपमहानगरपालिकामा नम्सा पास विना घर बनाउन नपाइने व्यवस्था भए पनि कतिपयले नक्सा पास नगरेरै घर बनाउने गरेका उहाले बताउनुभयो । 

तत्कालिन धनगढी नगरपालिकाले २०७० साल भदौ १६ गतेदेखि धनगढीमा राष्ट्रिय भवन संहिता कार्यान्वयन गरेको थियोे । भवन निर्माण संहिता कार्यान्वयन गर्ने धनगढी सुदूरपश्चिमको पहिलो नगर हो । 

भवन संहिता कार्यान्वयनका लागि डकर्मीहरुलाई तालिम समेत दिने गरिएको उपमहानगरपालिकाले जनाएको छ । संहिताको पूर्ण कार्यान्वयनका लागि भूकम्प प्रतिरोधी संरचना बनिरहेका छन्/छैनन् भनि अनुगमन गर्न जरुरी रहेको सरोकारवालाको भनाई छ । 

अनुगमनलाई प्रभावकारी बनाउने, भूकम्पबारे सचेतना बढाउने, संरचना निर्माणका लागि आवश्यक जनशक्तिको व्यवस्था गर्न सके संहिता कार्यान्वयनमा सहज हुने कतिपयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह