महेन्द्र केसी

पर्वत । प्रत्येक तीन–तीन वर्षमा आयोजना गरिने पर्वत महोत्सवको नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । महोत्सवको उद्घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी

पर्वत । प्रत्येक तीन–तीन वर्षमा आयोजना गरिने पर्वत महोत्सवको नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । महोत्सवको उद्घ"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचौ पर्वत महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्ने

२०७३, ३ माघ सोमबार ०४:५८

महेन्द्र केसी

पर्वत । प्रत्येक तीन–तीन वर्षमा आयोजना गरिने पर्वत महोत्सवको नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । महोत्सवको उद्घाटनको लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको र ग्रीन सिंग्नल समेत मिलेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।  यहि माघ १३ गतेदेखि २२ गतेसम्म हुन लागेको महोत्सव उद्घाटनको लागि प्रधानमन्त्री आउने चर्चा शुरुभएसँगै जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पार्न थालिएको छ । जिल्लाको पर्यटकीय क्षेत्रको विकासको लागि हुन लागेको पाँचौ पर्वत महोत्सवको तयारी लगभग अन्तिम तयारीमा पुगेको छ ।

महोत्सवमा स्टल निर्माणकार्य ९० प्रतिशत पूरा भएता पनि बुकिङ भने शत प्रतिशत भएको उद्योग बाणिज्य संघ तथा कार्यक्रम मूल आयोजक समितिका आर्थिक संयोजक गोेपी अधिकारीले बताए । महोत्सवमा १६ वटा लघुउद्यम, १२ वटा होटल तथा रेष्टुरेन्टको बुकिङ  भएको छ उने भने । त्यसैगरी महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि, प्रदर्शन, व्यवसायीहरुको स्टलहरु रहेको उनले बताए । महोत्सवमा होट तथा रेस्टुटेन्टको लागि माग अत्याधिक भएता पनि आफूहरुले कम मात्रामा उपलब्ध गराएको अधिकारीले बताए । महोत्सवमा आउने दर्शकहरुले अस्ट्रीच, ऊट र चौरीगाई समेत अबलोकन गर्न पाउने भएका छन् । महोत्सवलाई थप आकर्षित गराउनको लागि र स्थानीयहरुको लागि अनौठो र नौलो रहेको बस्तुहरुको प्रदर्शनी समेत गराउने तयारी गरिएको उनले बताए ।महोत्सव प्रचारप्रसारका दृष्टिकोणले अत्यन्त प्रभावकारी बन्दै गइरहेको र

अपेक्षा गरे अनुसारनै काम भइरहेकोले आर्थिक रुपले समेत सफल हुने अपेक्षा आफूले गरेको बरिष्ठ उपाध्यक्ष तथा महोत्सव आर्थिक संयोजक गोपी अधिकारीको साझासबाल लाई  बताए ।

महोत्सवलाई रोचक बनाउनको लागि महोत्सवमा थुप्रै राष्ट्रिय कलाकारहरुको जमघट हुने भएको छ । ‘राष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारहरु फरक–फरक दिनमा ल्याएर मनोरजञ्जन दिने तयारी गरिएको वाणिज्य उपाध्यक्ष तथा कलाकार आमन्त्रण तथा व्यवस्थापन संयोजक केदारनाथ शर्माले जानकारी  साझासबाललाई जानकारी दिए ।

उनका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, प्रमोद खरेल, बद्री पंगेनी, राजु परियार, शिव परियार, कुलेन्द्र विक, देवी घर्ती, प्रजापति पराजुली, कुलेन्द्र विक, याम क्षेत्री, रोमा न्यौपाने, चोलेकन्द्र पौडेल, कृष्ण समीप सुवेदी, विमलराज क्षेत्री, सम्झना भण्डारी, कृष्णा गुरुङ, तृष्णा गुरुङ लगायतका कलाकारहरु महोत्सव स्टेज तताउने उने  साझासबाललाई बताए ।


महोत्सवले जिल्लाको पर्यटकीय क्षेत्रको विकासलागि ठूलो टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । ‘जिल्लामा रहेका लामा र अग्ला पुल, नेपालकै प्राविधिहरुले निर्माण गरेको केवुलकार मोडेलको यान्त्रिक पुल, बन्दै गरेको साहसिक बन्जी जम्प, ऐतिहासिक गुप्तेश्वर तथा अलपेश्वर गुफा, सहस्रधारा, कालीगण्डीको ¥याङटीङ र प्याराग्लाइडिङ लगायतका आकर्षणहरुले महोत्सव मात्र होइन समग्र जिल्लाकै पर्यटनमा ठोस टेवा पुग्ने बताइएको छ । त्यसैगरी जिल्लामा रहेका लघु तथा घरेलु उद्यमीहरुका उत्पादनलाई प्रचारप्रसार गर्नुका साथै लप्सी, कफी, सुन्तला, अल्लो, मह लगायतका स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने अपेक्षा राखिएको छ  ।

महोत्सवमा ५ सय रुपैंयामा प्याकेज टिकटको व्यवस्था गरिएको छ भने ६० रुपैंयामा सामान्य टिकट तथा कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि ४० रुपैंयाको टिकट कायम गरिएको छ । महोत्सवलाई प्रचारप्रसार गर्ने उद्देश्यले माघको पहिलो साता कालीगण्डकी सरसफाई तथा प्रचारात्मक ¥याफिटङको आयोजना गरिने मूल समितिले जनाएको छ । 

अहिले कुश्मा बजार दुलही सरह सजिएको छ । चोकचोक तथा गल्लीगल्लीमा समेत विभिन्न व्यानर तथा पोष्टरहरु टाँस्ने काम भैराखेको छ । बजारका मुख्य मुख्य चोक र गल्लीमा तुल व्यानर, सडकमा पोल व्यानरले कुश्मा बजार र्रगीचंगी भएसँगै कुश्मा बजार दुलही सरह सजिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ