माघ ३, दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । 

सरकारी तहब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ३, दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । 

सरकारी तहब"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सात वर्षअघि सम्झौता गरेको काम अझै सुरु भएन

३ माघ २०७३, सोमबार ०६:४५


माघ ३, दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । 

सरकारी तहबाटै उपेक्षा भएकाले आयोजनाको काम नै नभएको स्थानीयवासीले गुनासो गरेका छन् । 

सिङ्गटी–लामोसाँघु प्रसारण लाइन समयमा नबन्दा जिल्लामा निर्माणाधीन आयोजनाका काममा समेत समस्या परेको छ । दोलखाको उत्तरी क्षेत्रमा बनेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर गइरहेको स्थानीय रामशरण ठकुरीले गुनासो व्यक्त गर्नुभयो । 

विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र प्रसारण लाइन र सिङ्गटीको सवस्टेशनसमेत निर्माण गर्ने रहेको छ । 

सम्झौताअनुसार सवस्टेसनका लागि रु साढे १७ करोड र प्रसारण लाइनका लागि करिब रु ४२ करोडमा अरावलीले ठेक्का लिएको हो । तर कम्पनीले सवस्टेसनको ८० प्रतिशत काम गरेको छ भने प्रसारण लाइनको खासै काम हुन सकेको छैन् । समयमा काम पूरा नगरेपछि ठेक्काको म्याद थप गरेपछि भारतीय ठेकेदार कम्पनीसमेत सम्पर्कविहीन हुँदा काम अघि बढ्न नसकेको बताइएको छ । 

दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युत्कै लागि लक्षित गरी नेपाल विद्युत् प्राधिकरणले सिङ्गटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको ठेक्का लगाएको हो । प्रसारण लाइन सिङ्गटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म ४० किलोमिटर मात्र रहेको छ । प्रसारण लाइनमा १२१ वटा टावर निर्माण गर्नुपर्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव