माघ ३, दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । 

सरकारी तहब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ३, दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । 

सरकारी तहब"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सात वर्षअघि सम्झौता गरेको काम अझै सुरु भएन

२०७३, ३ माघ सोमबार ०६:४५


माघ ३, दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । 

सरकारी तहबाटै उपेक्षा भएकाले आयोजनाको काम नै नभएको स्थानीयवासीले गुनासो गरेका छन् । 

सिङ्गटी–लामोसाँघु प्रसारण लाइन समयमा नबन्दा जिल्लामा निर्माणाधीन आयोजनाका काममा समेत समस्या परेको छ । दोलखाको उत्तरी क्षेत्रमा बनेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर गइरहेको स्थानीय रामशरण ठकुरीले गुनासो व्यक्त गर्नुभयो । 

विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र प्रसारण लाइन र सिङ्गटीको सवस्टेशनसमेत निर्माण गर्ने रहेको छ । 

सम्झौताअनुसार सवस्टेसनका लागि रु साढे १७ करोड र प्रसारण लाइनका लागि करिब रु ४२ करोडमा अरावलीले ठेक्का लिएको हो । तर कम्पनीले सवस्टेसनको ८० प्रतिशत काम गरेको छ भने प्रसारण लाइनको खासै काम हुन सकेको छैन् । समयमा काम पूरा नगरेपछि ठेक्काको म्याद थप गरेपछि भारतीय ठेकेदार कम्पनीसमेत सम्पर्कविहीन हुँदा काम अघि बढ्न नसकेको बताइएको छ । 

दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युत्कै लागि लक्षित गरी नेपाल विद्युत् प्राधिकरणले सिङ्गटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको ठेक्का लगाएको हो । प्रसारण लाइन सिङ्गटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म ४० किलोमिटर मात्र रहेको छ । प्रसारण लाइनमा १२१ वटा टावर निर्माण गर्नुपर्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी