१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुहान दर्ता हुन नसक्दा रोल्पामा करोडौँको खानेपानी योजना अलपत्र

३ माघ २०७३, सोमबार ०८:२२

माघ ३, रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् ।

एसियाली विकास बैंकको सहयोगमा लिवाङ नगरपालिका–५, ६, ७ र ८ का झन्डै एक हजार चार सय बढी घरधुरीलाई स्वच्छ खानेपानी तथा सरसफाइको सुविधा दिने गरी परियोजना सुरु हुने भनिए पनि हालसम्म मुहान दर्ता विवादका कारण प्रक्रिया अगाडि नबढ्दा उपभोक्ता निरास भएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ रोल्पाका अध्यक्ष तीर्थ आचार्यले बताए ।

परियोजना सञ्चालनका लागि स्थानीय व्यवस्थापन गरिरहेको लिवाङबजार खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष मानबहादुर खत्रीले ‘डिटेल स्टिमेटको काम अन्तिम चरणमा पुगेको’ जानकारी दिए । “समितिका तर्फबाट गर्नुपर्ने काम गरेका छौँ, जिल्ला जलस्रोत समितिले हालसम्म पनि मुहान दर्ताको प्रमाणपत्र दिन सकेको छैन, मुहान दर्ता प्रमाणपत्र पाउने बित्तिकै परियोजना अगाडि बढ्छ,” खत्रीले भने।

मुहान दर्ता हुन नसक्नुको कारणबारे खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेसँग जिज्ञासा राख्दा स्थानीय उपभोक्तासँग विभिन्न चरणमा छलफल भइरहेको र स्थानीय समुदायको जायज माग पनि सुन्नुपर्ने भएका कारण प्रक्रिया केही लम्बिएको बताए ।

करिब ३६ करोडको लागतमा सो योजना सुरु हुन लागेको खानेपानी उपभोक्ता समितिले बताएको छ । सो बजेटमध्ये ७० प्रतिशत एसियाली विकास बैंकको अनुदान सहयोग र बाँकी बजेट स्थानीय समुदायले व्यहोर्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह