http://www.fenegosida.org/ हेर्नुस । जहाँ प्रति तोला छापावाल सुनको मूल्य ९ हजार "/>
माघ ४, काठमाडौँ | आज सुन-चाँदीको मूल्य कति छ ? एकाबिहानै नेपाल सुन-चाँदी व्यसायि संघको आधिकारिक वेबसाइट http://www.fenegosida.org/ हेर्दा यो वेबसाइट ह्याकरको निशानामा परेको थियो । (अपडेट समय: बिहान ९:४०)। जहाँ प्रति तोला छापावाल सुनको मूल्य ९ हजार ९ सय ९९ अपडेट भएको थियो ।
तर यो बास्तविक सुनको भाउ भने हैन । मंगलबार बिहानैदेखि सुनचाँदी ब्यबसायी संघको आधिकारिक वेबसाइट ह्याक हुँदा यस्तो देखाएको हो | हरेक दिन सुन-चाँदीको भाउ अपडेट हुने यो आधिकारिक वेबसाइट ह्याकरको निशानामा परेको हो | नेपालमा बिभिन्न आधिकारिक वेबसाइटहरु पटक-पटक ह्याकरको निशानामा पर्ने गरेको छ |
ह्याक भएको खबर हामीले अपडेट गरेको केहि समय पछी भने यो वेबसाइट पुरानै अवस्थामा सुचारु गरिएको छ ।
(ह्याक भएपश्चात नेपाल सुन-चाँदी ब्यबसायि संघको वेबसाइट यस्तो देखाएको थियो |)