२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोलखाका छ गाविसमा अनुदान सम्झौता पूरा

४ माघ २०७३, मंगलवार ०७:१८

माघ ४, दोलखा । यहाँका छ गाविसका सम्पूर्ण भूकम्पपीडितसँग अनुदान सम्झौताको काम सकिएको छ । 

जिविस दोलखाका सूचना अधिकृत विक्रम कार्कीका अनुसार िगौरीशङ्कर, लादुक, ओराङ, बाबरे, लापिलाङ र सहरे गाविसका सम्पूर्ण पीडितसँग अनुदान सम्झौताको काम सकिएको हो । गौरीशङ्करका लाभग्राही सूचीमा नाम समावेश भएका करिब तीन सय ७१ घरधुरीमध्ये सबै घरधुरीले अनुदान सम्झौता गरेको कार्कीले बताउनुभयो । 

यसैगरी लादुकमा करिब एक हजार २५ घरधुरी रहेकामा सबैले अनुदान सम्झौता भइसकेको तथा ओराङमा रहेका चार सय ८६ घरधुरी रहेकामा ती सबैले अनुदान सम्झौता गरी पहिलो किस्ताको रकम बैंक खातामा निकासा गरिएको जिविस जनाएको छ । 

यसैगरी सहरेका आठ सय ६० घरधुरी र बाबरे गाविसका एक हजार ४५ घरधुरी र लापिलाङ गाविसका एक हजार ४१३ घरधुरीमध्ये सबै घरधुरीसँग अनुदान सम्झौताको काम सम्पन्न भएको जिविसले जनाएको छ । 

अनुदान सम्झौताको काम सुरु भएको दुई नगरपालिकासहित ४६ गाविसमध्ये छ गाविसमा मात्रै सम्पूर्ण पीडितसँग अनुदान सम्झौताको काम सकिएको हो । अन्य गाविसमा पनि अनुदान सम्झौताको काम करिब करिब अन्तिम चरणमा पुगेको तर कतिपय घरमूली जिल्ला बाहिर रहेकाको बाँकी रहेको बताइएको छ । 

एक सय आयोजना कार्यान्वयन 

हिमाली उपआयोजनाअन्तर्गत एक सय ४९ आयोजना सम्झौता भई कार्यान्वयन भइरहेका छन् । 

जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत ज्ञानबहादुर थापाले ती आयोजनामध्ये सबैभन्दा बढी ४६ वटा बाख्रापालनसम्बन्धी उपआयोजना सञ्चालनमा रहेको बताउनुभयो । 

हिमाली आयोजनाका वरिष्ठ कार्यक्रम अधिकृत सन्ध्या न्यौपानेले विसं २०६७ । ६८ देखि सुरु भएको उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना हिमाली आगामी वर्ष कात्तिकसम्म सञ्चालन हुने जानकारी दिनुभयो । 

आयोजनाको बजेट रु तीन अर्ब १४ करोड २८ लाख छ । हिमाली उपआयोजना व्यवसायीले उपआयोजनाबाट आफ्नो जीवनस्तर उकासिनाका साथै बेरोजगारलाई समेत रोजगारी दिन सफल भएको बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव