कविता उपाध्याय/माघ ५, रोल्पा । रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/माघ ५, रोल्पा । रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ"/>

१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाका यी दश ठाउँमा नयाँ झोलुङ्गे पुल निर्माणकार्य सुरु

५ माघ २०७३, बुधबार ०२:५९


कविता उपाध्याय/माघ ५, रोल्पा । रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ । 

यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जोड्ने दोमइखोलामा, राँक–५ र राँक–४ जोड्ने वर्मथानमा, राङ्सी–२ र धबाङ–५ जोड्ने रेतीबली, ओत– ६ र ओत–८ जोड्ने गोठीखोला, ओत–५ र तालाबाङ–१ जोड्ने हलङसेरा, सीर्प–७ स्थित सुर्खे खोलामा सुर्केखोला, तालाबाङ–८ र भाबाङ–६ जोड्ने माडीखोलास्थित पीपलबोट ट्रस तथा धबाङ–६ र धबाङ–९ जोड्ने धबाङ ट्रस पुलको नयाँ निर्माण कार्य थालिएको हो । 

यी पुल झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) अन्तर्गत जिल्ला विकास समितिमार्फत सहयोगी संस्था विकास सरोकार समाज (डिकोस) रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण गर्न लागिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाका सव इन्जिनियर करुणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यी सम्पूर्ण पुलको निर्माण कार्य सम्पन्न गर्नका लागि रु एक करोड ८० लाख, ७० हजार विनियोजन गरिएको छ । 

यसरी पुल निर्माण कार्य सम्पन्न गर्नका लागि स्वापबाट प्राप्त अनुदानअन्तर्गत ९२ प्रतिशत, जिविसको म्याचिङ फण्डबाट चार प्रतिशत, गाविसको म्याचिङ फण्डबाट दुई प्रतिशत र जनश्रमदानबाट दुई प्रतिशत सहयोग हुने सामुदायिक झोलुङ्गे पुल सहयोग कार्यक्रमका असिस्टेन्ट सब इन्जिनियर तिलकराम केसीेले जानकारी दिनुभयो । 

डिकोस रोल्पाका प्राविधिक वसन्त केसीका अनुसार निर्धारित समयमा दशवटै झोलुङ्गे पुल निर्माण हुनसके एक हजार ५०० घरधुरीका करिब ११ हजार जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । 

उपभोक्ता समिति र जिविस रोल्पाबीच आगामी असार मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भनी सम्झौता भएको भए पनि निर्माण कम्पनीले समयमै सामग्री उपलब्ध गराउन नसक्दा हालसम्म पनि पीपलबोट ट्रसको काम अगाडि बढ्न सकिरहेको छैन । 

यसैगरी, धबाङ ट्रसको काम पनि निर्माण स्थलमा पहिरो गएका कारण अगाडि बढ्न सकिरहेको छैन । यस्तै, ब्रह्मथानमा निर्माण स्थलमा स्थानीयवासीका बीचमा विवाद हुँदा काम अगाडि बढ्न सकिरहेको छैन । 

साथै, गाउँका युवाजति सबै वैदेशिक रोजगारीमा हिँड्न थालेपछि जनशक्तिको अभाव खड्किन थालेको सब इन्जिनियर श्रेष्ठको भनाइ छ । हालसम्म जिल्लामा यी १० वटा नयाँ र अन्य पुराना १६५ वटा गरी अब १७५ वटा झोलुङ्गे पुल सञ्चालनमा रहने छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट