२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पपीडितलाई दोस्रो किस्ता बाड्न सुरु

५ माघ २०७३, बुधबार ०४:२१

माघ ५, काठमाडौं | सरकारले भूकम्पपीडितलाई घर निर्माणका लागि दोस्रो किस्ताको डेढ लाख रुपैयाँ वितरण आज (बुधबार) देखि सुरु गर्दैछ । सरकारको निर्णय अनुसार आजदेखि पहिलो किस्तामा ५० हजार अनुदान लिईसकेकाहरुले घरको जग निर्माण गरे-नगरेको हेरेर दोश्रो किस्ताको डेढ लाख रकम दिईने छ ।

पुनर्निर्माण प्राधिकरणका अनुसार छुटेका र पहिलो किस्ता दिन बाँकी रहेका भूकम्प पिडितलाई पनि रकम वितरणको काम जारी छ । प्राधिकरणले दोश्रो किस्ताको रकम वितरणको लागि पहिलो चरणमा मकवानपुर र सिन्धुलीका पीडितलाई डेढ लाखका दरले रकम वितरण आजैदेखि सुरु गर्ने जनाएको छ । प्राधिकरणको मापदण्ड अनुसार घर निर्माणको लागि जग निर्माण भईसकेको र प्राविधिक जाँच भई सिफारिसमा पाएका पिडितहरुले मात्र दोश्रो किस्ता पाउनेछन् ।  

प्राधिकरणसंग भएको बजेट अहिले वितरण गर्दै जाने र अपुग रकमको लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकिएकाले यथासिघ्र अन्य जिल्लाका भूकम्प पिडितहरुलाई दोश्रो किस्ता वितरण गरिने भएको छ । प्राधिकारणले दोश्रो किस्ताको लागि अर्थमन्त्रालयसँग २८ अर्ब रुपैयाँ उपलब्ध गराउन पत्र पठाइसकेको छ । 

पहिलो किस्ता पाएर पनि कतिपय भूकम्प पिडितहरुले घर बनाउने काम सुरु गरेका छैनन् । प्राधिकरणले अब दोश्रो किस्ता बाड्न सुरु गरेपछि त्यस्ता पिडितहरुले घर बनाउने काम सुरु गर्ने प्राधिकरणले विश्वास लिएको छ । पछिल्लो तथ्यांक अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन् । जसमा ५ लाख ४८ हजार २ सय ५५ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएकामध्येमा पनि ४ लाख ७६ हजार ८ सय १३ ले पहिलो किस्ताको ५० हजार पाइसकेको प्राधिकरणसँग तथ्यांक छ । 

भूकम्पबाट घर बिहिन बनेका भूकम्प पिडितहरुले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा सिफारिस पाएपछि १ लाख ५० हजार, तेस्रो किस्तामा ७५ हजार र निर्माण भएको घरमा शौचालय र सोलार जडान गरेपछि थप २५ हजार रुपैयाँ गरी तीन लाख पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव