२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पाको एक विद्यालयको नयाँ पक्की भवन निर्माण

२०७३, ५ माघ बुधबार ०६:०२

माघ ५, पाल्पा । मोहमी माध्यमिक विद्यालय, साँखरमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । 

शिक्षा मन्त्रालयमार्फत भौतिक सुधार कार्यक्रमअन्तर्गत छुट्याइएको रु १९ लाख ५० हजारको लागतमा नयाँ भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा कक्षा बालविकास तथा कक्षा १ र २ सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले बताउनुभयो । 

कक्षा बालविकासदेखि कक्षा १० सम्म पठनपाठन हँुदै आइरहेको यस विद्यालयमा भवन अभावमा पठनपाठनमा निकै समस्या रहेको थियो । 

भौतिक पूर्वाधार अभावमा शिक्षाको गुणस्तर वृद्धि नहुने हुँदा यस क्षेत्रका सरोकारवाला निकायको पहलमा भवन निर्माण गरिएको हो । भौतिकरुपमा सबल भए शिक्षाको गुणस्तर वृद्धि र विद्यार्थी भर्नादरमा पनि वृद्धि आउने विद्यालयका शिक्षक केशवती अधिकारी बताउनुहुन्छ । 

पुस्तकालयका लागि  एक लाख 

यसैबीच, पुस्तकालय निर्माणका लागि नेकपा (एमाले) रामपुर नगर कमिटीलाई रु एक लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ । 

एनआरएन अमेरिकाका वरिष्ठ सल्लाहकार डा रुद्र अर्यालले रामपुरमा पुस्तकालय निर्माणका लागि रु एक लाख सहयोग गर्नुभएको हो । 

पार्टीका सिद्धान्त, दर्शन समेटिएका विभिन्न ज्ञानबद्र्वक किताब खरिद गरी पुस्तकालय सञ्चालन गर्न डाक्टर अर्यालले अनुरोध गर्नुभएको छ । 

“कमै व्यक्तिले मात्र पुस्तक पढ्ने हुँदा ज्ञानबद्र्वक कुरामा मन जागोस् भन्ने उद्देश्यले पुस्तकालय स्थापनाका लागि आर्थिक सहयोग गरेको हुँ” उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी