२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको जयरामघाट पुलको ८५ प्रतिशत काम पूरा

२०७३, ५ माघ बुधबार ०६:२४

माघ ५, खोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा निर्माणाधीन पुलको ८५ प्रतिशत काम पूरा भएको ठेकेदार कम्पनीले जनाएको छ । 

दुई वर्षभित्र पूरा गर्ने शर्तमा विसं २०६६ भदौमा सम्झौता गरिएको जयराम पुलको अहिलेसम्म ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ । 

ठेकेदार कम्पनीले आगामी तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको पुलका लागि क्याट–वे (मेन लट्ठा टाँग्न आवश्यक) लट्ठा राख्न सुरु गरिएको कालिका कन्स्ट्रक्सनका साइड इन्जिनियर सीताराम कार्कीले बताउनुभयो । “पुलको मेन लट्ठा राख्न झोलुङ्गे पुलको जस्तै क्याट–वे बनाउनुपर्ने हुन्छ ।” उहाँले भन्नुभयो, “अहिले त्यही क्याट–वेको प्लेटफर्म बनाउन लट्ठा राख्ने काम भइरहेको छ ।” 

क्याट–वेको काम पूरा भएपछि दुई महिनाभित्र मुख्य लट्ठा राख्ने काम पूरा गर्ने लक्ष्य राखिएको इन्जिनियर कार्कीले बताउनुभयो । क्याट–वेका लागि आवश्यक आठवटामध्ये तीनवटा लट्ठा राख्ने काम सकिएको जनाइएको छ । 

लट्ठासँगै सिभिलका काम पनि चाँडै पूरा गरिने ठेकेदार कम्पनीले जनाएको छ । जयराम पुल निर्माणका लागि विक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले जिम्मा लिएको हो । 

जयरामघाटको पुल निर्माणमा भइरहेको ढिलाइप्रति जिल्लावासी आक्रोशित बनेका छन् । राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जोड्ने मुख्य नाका जयरामघाटमा अहिले अस्थायी बेलिब्रिज जडान गरिएको छ । 

हिउँदभर सञ्चालन हुने बेलिब्रिज जडान गर्दा वार्षिक रु ६० लाख बढी राज्यकोषको रकम खर्च हुने गरेको छ । बेलिब्रिज झिकेपछि खोटाङ जिल्ला छ महिना राजधानी तथा तराईका जिल्लाबाट यातायातबाट बिच्छेद हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति