माघ २३, लिवाङ (रोल्पा) । नेपाल टेलिकम रोल्पा शाखाले ग्राहकको मागअनुसार ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन । 

कार्यालय प्रमुख कैलाश आचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, लिवाङ (रोल्पा) । नेपाल टेलिकम रोल्पा शाखाले ग्राहकको मागअनुसार ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन । 

कार्यालय प्रमुख कैलाश आचा"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पामा टेलिकमका सेवा मागअनुसार उपलब्ध छैनन्

२३ माघ २०७३, आईतवार ०९:४०

माघ २३, लिवाङ (रोल्पा) । नेपाल टेलिकम रोल्पा शाखाले ग्राहकको मागअनुसार ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन । 

कार्यालय प्रमुख कैलाश आचार्यका अनुसार लिवाङ एक्सचेन्जमार्फत तीन सय ८० वटा ल्यान्डलाइन फोन र एक सय ८५ वटा एडिएसएल सेवा वितरण भएपनि लिवाङका लागि मात्र करिब सय ल्यान्डलाइन फोन र करिब ८० वटा एडिएसएल अझै अपुग छ । 

जिल्लाको दोस्रो व्यापारिक केन्द्र सुलिचौर बजारमामा हालसम्म करिब एक सय पाँच ल्यान्डलाइनका ग्राहकले सेवा लिँदै आएका छन् भने करिब ६० वटा एडिएसएलका ग्राहकले सेवा लिइरहेका छन् । 

कार्यालय प्रमुख आचार्यका अनुसार सुलिचौर बजारका लागि ल्यान्डलाइन फोन उपलब्ध गराउन सकिने भएपनि सेवाग्राहीबाट माग भएको छैन तर सुलिचौर बजारमा एडिएसएल माग भएपनि पोर्टहरु थप्न नसकिएको हो । 

सेवाग्राहीको मागअनुसार सो कार्यालयले पटक पटक सम्बन्धित निकायमा लिखित तथा मौखिक जानकारी गराउँदै आएपनि सम्बन्धित निकायको ध्यान नपुगेको प्रमुख आचार्यको गुनासो छ । जिल्लामा ४९ गाविस र एक नगरपालिका रहेकामा हालसम्म लिवाङ नगरपालिका र मिझिङ गाविसको सुलिचौर बजारमा मात्र धेरथोर मात्रामा ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध हुँदै आएको छ भने जिल्लाको अर्काे व्यापारिक केन्द्र घर्तीगाउँ बजारमा ल्यान्डलाइन फोन उपलब्ध गराउने तयारी छ । 

जिल्लाका केही सेवाग्राहीले नेपाल टेलिकममार्फत सिडिएमए, वाइम्याक्स, थ्रीजी, आदिबाट समेत इन्टरनेट सेवा लिइरहेको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने