१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समाजसेवी बास्कोटाद्वारा स्थानीय मन्दिरका लागि २ लाख प्रदान

२३ माघ २०७३, आईतवार १२:४०

माघ २३, चारआली । झापा दुहागढी ४ का समाजसेवी बयोवृद्धा खडानन्द बास्कोटाले स्थानीय श्री दुर्गा पाञ्चायन मन्दिर सञ्चालननार्थ  २ लाख रुपैयाँ प्रदान गरेका छन् । श्री दुर्गा पाञ्चायन मन्दिर संरक्षण समितिद्धारा आयोजित प्रारम्भिक साधारणसभा आयव्यय सार्वजनिक कार्यक्रममा बास्कोटाले स्वर्गीय माता पिता महानन्द र रोहिणी बास्कोटाको नाममा मन्दिरको अक्षयकोषका लागि उक्त रकम प्रदान गरेका हुन् । मन्दिर सञ्चालनमा आर्थिक समस्य आएपछि उनले समितिका अध्यक्ष हर्कबहादुर भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेका थिए । यसअघि वयोवृद्धा बास्कोटाले मन्दिरमा देवीको मूल्यवान् मुर्ति स्थापना गरेका थिए ।  

दुहागढी ४ मा २०३४ सालमा स्थापना गरिएको दुर्गा पाञ्चायन मन्दिर चारआली प्रहरी चौकी छेउमा रहँदा त्यसको संरक्षणको अभाव भएको थियो । स्थानीय सामाजसेवीले दुहागढी गाविसले चारआली आइतबारे हाटबजार परिषरभित्र करिव १ कठ्ठा जग्गा मन्दिरलाई उपलब्ध गराएपछि सो स्थानमा मन्दिर निर्माण गरिएको छ । मन्दिरकोे चौतर्फी संरक्षणमा स्थानीयवासीले संरक्षण समिति नै गठन गरी त्यसको विद्यान समेत दर्ता गरेको संरक्षण समितिका उपाध्यक्ष मोहन अधिकारीले जानकारी दिए । सो स्थानको सबै भन्दा पुरानो धार्मिक मन्दिरको रुपमा परिचित दुर्गा पाञ्चायन मन्दिरमा विगत वर्षदेखि नै वर्सेनि वडादशैंमा ऐतिहासिक मेला लाग्दै आएको छ । मन्दिरको संरक्षणसँगै त्यसको दीगो विकासका लागि समितिले ठोस कार्यक्रम ल्याउने बताएको छ । करिव १० धुरमा रहेको मन्दिरको अगाडी खाली १० धुर जग्गामा टहरा निर्माण गर्ने र सभाहलको रुपमा विकास गर्ने समेत समितिको ध्यान खिचेको छ । दुहागढी ४ र ५ का लगभग २ हजारबढी धर्मानुरागीले सो मन्दिरमा पूजाआरधना गर्दै आएको अध्यक्ष भट्टराईले बताए । उनका अनुसार मन्दिरलाई मन्दिरको रुपमा मात्रै नभई त्यसको सञ्चालनमा आवश्यक पर्ने आर्थिक जोहका लागि टहरा निर्माण गर्ने योजना बनाएको हो ।

आगमी दिनमा अक्षयकोषलाई बढाएर १० बनाउने योजना रहेको छ । हर्कवहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न प्रारम्भिक साधारणसभामा  माओवादी केन्द्र दुहागढीका अध्यक्ष बाबुलाल सुब्बा, कुमार भट्टराई, नेपाली कांग्रेसका अध्यक्ष सन्तोष न्यौपाने, राप्रपा नेपालका अध्यक्ष बद्री महत, समाजसेवी नेत्रप्रसाद न्यौपाने, खड्गबहादुर कार्की, खम्बासिंह कार्कीलगायतले मन्दिरको संरक्षणमा सबैको ध्यान जान जरुरी रहेको उल्लेख गरे । मोहन खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन यामाकान्त पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने