२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समाजसेवी बास्कोटाद्वारा स्थानीय मन्दिरका लागि २ लाख प्रदान

२०७३, २३ माघ आईतवार १२:४०

माघ २३, चारआली । झापा दुहागढी ४ का समाजसेवी बयोवृद्धा खडानन्द बास्कोटाले स्थानीय श्री दुर्गा पाञ्चायन मन्दिर सञ्चालननार्थ  २ लाख रुपैयाँ प्रदान गरेका छन् । श्री दुर्गा पाञ्चायन मन्दिर संरक्षण समितिद्धारा आयोजित प्रारम्भिक साधारणसभा आयव्यय सार्वजनिक कार्यक्रममा बास्कोटाले स्वर्गीय माता पिता महानन्द र रोहिणी बास्कोटाको नाममा मन्दिरको अक्षयकोषका लागि उक्त रकम प्रदान गरेका हुन् । मन्दिर सञ्चालनमा आर्थिक समस्य आएपछि उनले समितिका अध्यक्ष हर्कबहादुर भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेका थिए । यसअघि वयोवृद्धा बास्कोटाले मन्दिरमा देवीको मूल्यवान् मुर्ति स्थापना गरेका थिए ।  

दुहागढी ४ मा २०३४ सालमा स्थापना गरिएको दुर्गा पाञ्चायन मन्दिर चारआली प्रहरी चौकी छेउमा रहँदा त्यसको संरक्षणको अभाव भएको थियो । स्थानीय सामाजसेवीले दुहागढी गाविसले चारआली आइतबारे हाटबजार परिषरभित्र करिव १ कठ्ठा जग्गा मन्दिरलाई उपलब्ध गराएपछि सो स्थानमा मन्दिर निर्माण गरिएको छ । मन्दिरकोे चौतर्फी संरक्षणमा स्थानीयवासीले संरक्षण समिति नै गठन गरी त्यसको विद्यान समेत दर्ता गरेको संरक्षण समितिका उपाध्यक्ष मोहन अधिकारीले जानकारी दिए । सो स्थानको सबै भन्दा पुरानो धार्मिक मन्दिरको रुपमा परिचित दुर्गा पाञ्चायन मन्दिरमा विगत वर्षदेखि नै वर्सेनि वडादशैंमा ऐतिहासिक मेला लाग्दै आएको छ । मन्दिरको संरक्षणसँगै त्यसको दीगो विकासका लागि समितिले ठोस कार्यक्रम ल्याउने बताएको छ । करिव १० धुरमा रहेको मन्दिरको अगाडी खाली १० धुर जग्गामा टहरा निर्माण गर्ने र सभाहलको रुपमा विकास गर्ने समेत समितिको ध्यान खिचेको छ । दुहागढी ४ र ५ का लगभग २ हजारबढी धर्मानुरागीले सो मन्दिरमा पूजाआरधना गर्दै आएको अध्यक्ष भट्टराईले बताए । उनका अनुसार मन्दिरलाई मन्दिरको रुपमा मात्रै नभई त्यसको सञ्चालनमा आवश्यक पर्ने आर्थिक जोहका लागि टहरा निर्माण गर्ने योजना बनाएको हो ।

आगमी दिनमा अक्षयकोषलाई बढाएर १० बनाउने योजना रहेको छ । हर्कवहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न प्रारम्भिक साधारणसभामा  माओवादी केन्द्र दुहागढीका अध्यक्ष बाबुलाल सुब्बा, कुमार भट्टराई, नेपाली कांग्रेसका अध्यक्ष सन्तोष न्यौपाने, राप्रपा नेपालका अध्यक्ष बद्री महत, समाजसेवी नेत्रप्रसाद न्यौपाने, खड्गबहादुर कार्की, खम्बासिंह कार्कीलगायतले मन्दिरको संरक्षणमा सबैको ध्यान जान जरुरी रहेको उल्लेख गरे । मोहन खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन यामाकान्त पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण