२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेस्रो जंगल फेस्टिभलको तयारी पूरा

२०७३, १० फाल्गुन मंगलवार ०५:२६

फागुन १०, पोखरा | परिचय नेपालको आयोजनामा हुन लागेको तेस्रो जंगल फेस्टिभलको तयारी पूरा भएको छ । फागुन १२ देखि  २१ गतेसम्म संचालन फेस्टिभलमा लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसर पाइनुको साथै रोबोटिक भूत घर, नेपाल र भारतको रेस्लिङ, फेशन शो, नाटक मञ्चन हुने आयोजकले जनाएको छ । फेस्टिभलका लागि ६० भन्दा बढी डिजाइनरको आकर्षक पहिरनसहित मोडलहरु ¥याम्पमा उत्रनेछन् ।

यूथ क्रियशन थिएटरसँगको सहकार्यमा नाटक ‘भट्टीका सपना’ समेत मञ्चन हुनेछ । करिब २५ जना गजलकार र मुक्तककारको प्रस्तुती भेस्टिभलको आकर्षणको रुपमा रहेका छन् । फेस्टिभलमा १७० भन्दा बढी चराको आवाज दुरुस्तै निकाल्न सक्ने रमेश दुलालको प्रस्तुती, दिपकराज गिरी, दिपाश्री निरौलाको विशेष प्रस्तुती पनि हेर्न पाइनेछ । फेस्टिभलमा दर्शकले जंगल र जंगली जीवनशैली अनुभूत गर्न पाउने थुप्रै रोचक कुराहरु समावेश गरिएको परिचय नेपालका अध्यक्ष सोभित बस्यालले बताए ।

१० दिन सम्म चल्ने फेस्टिभलमा गायक कर्णदास, आस्था राउत, गिरिश खतिवडा, ज्योती मगर, रामजी खाड, योगेश काजी लगायतका कलाकारको प्रस्तुती पनि समावेश गरिने आयोजकले जनाएको छ । फेस्टिभलमा थारु, बोटे, कुसुन्डा जातिको नृत्य पनि देख्न पाइनेछ । झण्डै एक लाख दर्शक भित्रने अनुमान गरिएको फेस्टिभलमा ५० वटा स्टल रहने बस्यालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी