शम्सेर विक्रम जिसी | फागुन ११, प्यूठान | प्यूठान जिल्लामा संञ्चालन भएको संसद विकास तथा निर्वाचन क्षेत्र पुर्वाधार कार्याक्रमको बजेटको दुरुपयोग हुन थालेको छ । जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शम्सेर विक्रम जिसी | फागुन ११, प्यूठान | प्यूठान जिल्लामा संञ्चालन भएको संसद विकास तथा निर्वाचन क्षेत्र पुर्वाधार कार्याक्रमको बजेटको दुरुपयोग हुन थालेको छ । जिल"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्यूठान जिल्लामा संसद विकास कोषको रकम दुरुपयोग

२०७३, ११ फाल्गुन बुधबार ०२:१२

शम्सेर विक्रम जिसी | फागुन ११, प्यूठान | प्यूठान जिल्लामा संञ्चालन भएको संसद विकास तथा निर्वाचन क्षेत्र पुर्वाधार कार्याक्रमको बजेटको दुरुपयोग हुन थालेको छ । जिल्लामा हाल संञ्चालनमा आएका संसद विकास तथा निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम अन्तरगत ८ करोड ५० लाखको वजेट उचित क्षेत्रमा लगानी नहुदा दुरुपयोग हुन थालेको छ । जिल्लामा गाँउतह तथा ईलाका तहबाट योजना छनोट हुदै आउने योजना भन्दा संसदहरुले आफ्नै ढङगवाट फरक योजनाहरुको कार्यान्वयन गर्न खोज्दा बजेटको दुरुपयोग हुने गरेको छ ।

जिल्लामा निर्वाचन क्षेत्र पुर्वाधार अन्तरगत ६ करोड बजेट आएपनि त्यो अधिकाश क्षेत्रमा बिना योजना लागानी गर्दा प्रभावकारी वन्न पनि सकेको छैन । निर्वाचन क्षेत्र पुर्वाधार अन्तरगत प्यूठान क्षेत्र नम्वर १ मा २२ र प्यूठान क्षेत्र नम्वर २ मा २४ वटा योजनाहरु रहेका छन । दुवै क्षेत्रमा संञ्चालन गरिने यि योजना हरुका लागि ६ करोड बजेट रहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला ईन्जीनियर सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । त्यस्तै निर्वाचन क्षेत्र बिकास कार्याक्रम अन्तरगत सभासद धनबहादुर रायमाझिको २० वटा, सभासद दुर्गा पौडेलको २१ वटा र सभासद पुनाराम थापाको पनि २१ वटा योजनाहरु रहेका छन ।

जिल्लामा निर्वाचन क्षेत्र बिकास कार्याक्रम अन्तरगत संसदहरुले ५० लाख सम्मको योजनाहरु आफुले चाहेको ठाँउमा लगाउन पाउने अधिकार रहेको छ । तर प्यूठानका सबै संसदहरुले निर्वाचन क्षेत्र पुर्वाधार तथा निर्वाचन क्षेत्र बिकास कार्यक्रमका लागि आएको बजेट योजना प्रथमिक नभएको ठाँउमा लगाउदा प्रभावकारी हुन सकेको छैन । जिल्लामा आएको दुबै कार्यक्रम अन्तरगतको कुल ८ करोड ५० लाखको बजेट बराबरको योजनाहरु संसदहरुले आफै छनोट गर्न पाउने अधिकार भएपनि ति योजनाहरु राजनैतिक आस्थाका आधारमा राख्दा समस्या देखिएको छ ।

यसैविच जिल्लामा संञ्चालन भएका संसद बिकास र निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्याक्रमहरु ढिलो गरि वजेट आउदा र योजना पनि ढिलो छनोटहुदा कार्य सम्पादनमा समस्या देखिएको छ । उत्ता जिल्ला प्राविधिक कार्यालय मार्फत ति योजनाहरुका लागि नियमित्त रेखदेख तथा स्टेमेट तयारगर्नु पर्ने भएपनि प्राविधिक कार्यालयमा कर्मचारीको अभाव र ढिलो योजना आउदा कार्य सम्पादनमा समस्या आउने गरेको कार्यालयले जनाएको छ । संसदहरुले कम प्रथमिकता र साना टुक्रे आयोजनाहरु लाई प्राथमिकता दिदा पनि योजनाहरुको कार्यान्वयनमा समस्या देखिने गरेको प्रमुख जिल्ला ईन्जीनियर सुरेन्द्र मिघिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल