१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली अंचलका सबै परिवारलाई १-१ लाखको सेयर दिने उर्जा मन्त्रालयको निर्णय

१३ फाल्गुन २०७३, शुक्रबार ०६:५७

फागुन १३, काठमाडौं । ऊर्जा मन्त्रालयले कर्णाली अंचलका सबै जिल्लामा बस्ने घर-परिवारलाई तिला जलविद्युत आयोजना-१ मा १/१ लाखको सेयर दिने निर्णय गरेको छ । ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णयसंगै ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले  यस्तो निर्णय गरेका हुन् ।

निर्णय अनुसार कर्णाली जिल्लामा पर्ने हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका सबै घर-परिवारले एक-एक लाख रुपैयाँको सेयर पाउने छन् । मन्त्री शर्माले गरेको निर्णयमा भनिएको छ, ‘तिला-१ मा सरकारले दश प्रतिशत सेयर लगानी गर्ने गरी सम्बन्धित डेभलपसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने साथै कर्णालीका पाँचै जिल्लाहरूका प्रत्येक घरपरिवारबाट कम्तीमा एक/एक लाख ईक्विटी बराबरको सेयर लगानी गर्नेगरी डेभलपर सककग प्रतिवद्धता माग गरिनेछ ।’ 

कर्णालीका जनताको आय स्तर उकास्न निकै महत्वपूर्ण मानिने यो आयोजना अन्तर्गत १ लाखको सेयर हाल्न नसक्ने गरिव कर्णाली बासीलाई सरकारले नै सहुलियत दरमा ऋण उपलब्ध गराउने जनाएको छ । साथै किस्तामा पनि सेयर रकम दाखिला गर्न सक्ने नीति लिईएको छ । 

सरकारको १० प्रतिशत सेयर रहने तिला जलविद्युत आयोजना निर्माणको लागि करिव ६४ करोड अमेरिकी डलर खर्च हुने अनुमान छ । यो आयोजना निर्माण सुरु भएको ५ वर्षमा बनिसक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड