२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली अंचलका सबै परिवारलाई १-१ लाखको सेयर दिने उर्जा मन्त्रालयको निर्णय

२०७३, १३ फाल्गुन शुक्रबार ०६:५७

फागुन १३, काठमाडौं । ऊर्जा मन्त्रालयले कर्णाली अंचलका सबै जिल्लामा बस्ने घर-परिवारलाई तिला जलविद्युत आयोजना-१ मा १/१ लाखको सेयर दिने निर्णय गरेको छ । ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णयसंगै ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले  यस्तो निर्णय गरेका हुन् ।

निर्णय अनुसार कर्णाली जिल्लामा पर्ने हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका सबै घर-परिवारले एक-एक लाख रुपैयाँको सेयर पाउने छन् । मन्त्री शर्माले गरेको निर्णयमा भनिएको छ, ‘तिला-१ मा सरकारले दश प्रतिशत सेयर लगानी गर्ने गरी सम्बन्धित डेभलपसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने साथै कर्णालीका पाँचै जिल्लाहरूका प्रत्येक घरपरिवारबाट कम्तीमा एक/एक लाख ईक्विटी बराबरको सेयर लगानी गर्नेगरी डेभलपर सककग प्रतिवद्धता माग गरिनेछ ।’ 

कर्णालीका जनताको आय स्तर उकास्न निकै महत्वपूर्ण मानिने यो आयोजना अन्तर्गत १ लाखको सेयर हाल्न नसक्ने गरिव कर्णाली बासीलाई सरकारले नै सहुलियत दरमा ऋण उपलब्ध गराउने जनाएको छ । साथै किस्तामा पनि सेयर रकम दाखिला गर्न सक्ने नीति लिईएको छ । 

सरकारको १० प्रतिशत सेयर रहने तिला जलविद्युत आयोजना निर्माणको लागि करिव ६४ करोड अमेरिकी डलर खर्च हुने अनुमान छ । यो आयोजना निर्माण सुरु भएको ५ वर्षमा बनिसक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड