१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरमा चार झोलुङ्गे र तीन ट्रसपुल बन्ने

१८ फाल्गुन २०७३, बुधबार ०३:२८

फागुन १८, पाँचथर । पाँचथरमा यस वर्ष चार झोलुङ्गे र तीनवटा ट्रस पुल बन्ने भएका छन् । 

जिविसका इन्जिनियर प्रेम काफ्लेका अनुसार चिगरुप, सिस्ने, कान्दाङ, नाम्धु दोबान, झोलुङ्गे पुल, डडुवा, बाँसबोटे र धुवाँबजार ट्रसपुल गरेर सातवटा पुल बन्नेछन् । यसअन्तर्गत दुरदिम्बा–२ र लिम्बा–४ जोड्ने चिगरुप झोलुङ्गे पुल बनिने भएको छ जसका लागि रु ३० लाख ४२ हजार विनियोजन भएको छ । 

यस्तै, लिम्बा–९ र लिम्बा–७ जोडिने सिस्ने झोलुङ्गे पुलका लागि रु २८ लाख ९६ हजार, च्याङथापु–४ र च्याङथापु–५ जोडिने कान्दाङ पुलका लागि रु २७ लाख २४ हजार विनियोजन गरिएको छ । 

त्यसैगरी, थर्पु–२ र ताप्लेजुङ साब्लाखु–३ जोड्ने डडुवा ट्रस पुलका लागि रु ३३ लाख ९८ हजार, सराङडाँडा–६ र माङजाबुङ–६ बस्ने धुवाबजार ट्रसका लागि रु २३ लाख ३२ हजार र इम्बुङ–६ तथा नवमीडाँडा–२ जोडिने बाँसबोटे ट्रस पुलका लागि रु २३ लाख ४९ हजार विनियोजन गरिएको इन्जिनियर काफ्लेले बताउनुभयो । 

अहिलेसम्म सबै पुलको अवस्था हेर्दा ५० प्रतिशत काम सकिएको र सम्झौता अवधि यही आव २०७३÷७४ भित्रैमा सकिने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन