१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिरी विमानस्थल सञ्चालन सुस्तायो,अनुगमनको वर्ष दिनको प्रगति शून्य

१८ फाल्गुन २०७३, बुधबार ०८:१०

फागुन १८, दोलखा । दोलखाको पर्यटन विकासका लागि जिरी विमानस्थललाई पुनःसञ्चालनमा ल्याउने प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन । 

गत वर्ष फागुनमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र निरीक्षण गरी चाँडै सञ्चालनमा ल्याइने सपना देखाएपनि निरीक्षण गरेको वर्ष दिन पुगिसक्दा पनि प्रगति भने शून्य छ । 

यहाँको पर्यटन विकासका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विमानस्थल पुनःसञ्चालनका लागि जिरीवासीले पटकपटक प्राधिकरणसँग अनुरोध गरेका थिए । 

लामो समयको प्रयासपछि २०७२ फागुन १९ गते प्राधिकरणका निर्देशक ध्रुवदास योक्षिमयो, वरिष्ठ अधिवक्ता योगेन्द्रराज शर्मा र दोलखा क्षेत्र नं १ का सांसद पार्वत गुरुङसहितको टोलीले गौचरणको रुपमा रहेको जिरी विमानस्थल निरीक्षण गरेको दुई महिनापछि प्राधिकरणले सर्भेक्षणका लागि तीन इञ्जिनियरको टोली जिरी पठाएको थियो । 

टोलीले विमानस्थल रहने क्षेत्रको एक सातासम्म सर्भेक्षण गरेर राजधानी फर्केपछि जिरी विमानस्थल पुनः सञ्चालनको विषय अघि बढेको छैन । 

सो विमानस्थल सञ्चालनमा ल्याउन सकिए जिरीको पर्यटन विकासका साथै होटल व्यवसाय समेत फस्टाउने स्थानीय होटल व्यवसायी सञ्जु शेर्पा बताउनुुहुन्छ । 

तीन दशक अघिसम्म नियमित रुपमा सञ्चालन हुँदै आएको विमानस्थल २०४२ सालमा सडक सञ्जाल विस्तार भएसंगै विस्थापित भएपछि गौचरणको रुपमा प्रयोग हुँदै आएकाले यसलाई पुनः सञ्चालनमा ल्याउन जिरीवासीले सम्बन्धित निकायमा पटकपटक घच्घचाउने काम गरे पनि सुनुवाइ हुन सकेको छैन । 

विमानस्थल सञ्चालन भए यहाँ उत्पादित खाद्य वस्तु खपत हुने भएकाले जिरीवासीको आर्थिक अवस्थामा समेत सुधार आउने अर्का होटल व्यवसायी विजय जिरेलको धारणा छ । 

सो विमानस्थलको जग्गाको जग्गा धनीपुर्जा नभएकै कारण सफल हुन नसकेको यहाँका बासिन्दाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब दक्षिण कोरिया विमान दुर्घटना: अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर बारमा ठोक्कियो विमान, १७९ जनाको मृत्यु (अपडेट) आज साताको पहिलो कारोवार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? दक्षिण कोरिया विमान दुर्घटना: मृत्यु हुनेको संख्या ४७ पुग्यो नेपाल सरकारका प्रबक्ता गुरुङले गरे पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रुपमा आलोचना यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दै दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृ-त्यु कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर बिहान गयो भूकम्प आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना काठमाडौं महानगरले न्यायिक समितिबाट निःशूल्क कानूनी सेवा दिइरहेको छ :- उपप्रमुख डंगोल नक्कली भुटानी शरणार्थी र गिरिबन्धुको फाइल खुल्नेछ, वाइडवडीको भ्रष्टाचार छोडिने छैन: प्रचण्ड दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा