फागुन २०, सप्तरी । राजविराज विमानस्थल निर्माण हुने म्याद आगामी मङ्सिरसम्म रहे पनि असारभित्रै तयार हुने भएको छ । 

व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, सप्तरी । राजविराज विमानस्थल निर्माण हुने म्याद आगामी मङ्सिरसम्म रहे पनि असारभित्रै तयार हुने भएको छ । 

व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्रा"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजविराज विमानस्थल छिटै चालु हुने

२० फाल्गुन २०७३, शुक्रबार ०९:००

फागुन २०, सप्तरी । राजविराज विमानस्थल निर्माण हुने म्याद आगामी मङ्सिरसम्म रहे पनि असारभित्रै तयार हुने भएको छ । 

व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज विमानस्थलकै सभाहलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बनाउने समयसीमा मङ्सिरसम्म भए पनि असारभित्रै विमानस्थलको रनवे तयार भइसक्ने जानकारी गराइयो । 

समितिका सभापति प्रभु साहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विमानस्थल निर्माण कार्यका प्रमुख रामएकवाल महतोले असारभित्रै जहाज उड्ने योग्य विमानस्थल बनाइसक्ने जानकारी दिनुभयो । 

अहिले द्रुत गतिमा काम भइरहेको बताउँदै उहाँले असारसम्म परीक्षण उडान गरिसक्ने बताउनुभयो । 

विमानस्थलको १५ सय मिटर लामो र ३० मिटर चौडाइ भएको रनवे निर्माण कार्य भइरहेको बताउँदै उहाँले यो विमानस्थल विराटनगरको जस्तै रहने बताउनुभयो ? रु ३० करोड ३० लाखमा रनवे बनाउने काम भइरहेको जानकारी गराउँदै विमानस्थललाई सञ्चालन गराउनका निम्ति बजेटको कुनै अभाव नरहने विश्वास व्यक्त गर्नुभयो । 

समितिका सभापति प्रभु साहले आफू नेतृत्वको समितिले राजविराज विमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताउँदै बजेटको कुनै अभाव हुन नदिने बताउनुभयो । 

उहाँले विमानस्थल निर्माण भए पनि विमानस्थलसँगै रहेको कुनौली सडक र हुलाकी सडक चार लेनको बनाउन पनि आग्रह गर्नुभयो । 

कार्यक्रममा सप्तरी क्षेत्र नं २ का सांसद अमर मण्डल, क्षेत्र नं ३ का समानुपातिक सांसद जितेन्द्रनारायण देवसहित अधिकांश सदस्य सांसदको उपस्थिति रहेको थियो । 

कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीले कुनै पनि बहानामा विमानस्थलको निर्माण कार्य रोकिन नहुने भन्दै आफूहरुबाट सक्दो सहयोग गरिने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव