फागुन २१, प्यूठान । ज्योती विकास बैंक लिमिटेडले प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको आधारशिविर भिंगृ शाखामा ‘एटिएम’ सेवा शुभारम्भ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २१, प्यूठान । ज्योती विकास बैंक लिमिटेडले प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको आधारशिविर भिंगृ शाखामा ‘एटिएम’ सेवा शुभारम्भ "/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठान भिंगृमा ज्योती विकास बैंकको एटिएम सेवा सुरु

२१ फाल्गुन २०७३, शनिबार ०६:३८


फागुन २१, प्यूठान । ज्योती विकास बैंक लिमिटेडले प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको आधारशिविर भिंगृ शाखामा ‘एटिएम’ सेवा शुभारम्भ गरेको छ । 

जिल्ला बाहिरबाट स्वर्गद्धारी आउने पर्यटकलाई लक्षित गर्दै उक्त सेवा सुचारु गरिएको बैंकले जनाएको छ । शुक्रवार बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सेवाको शुभारम्भ गरेका हुन् । ‘गाउँमै आधुनिक सेवा दिने उद्देश्यले एटिएम सूचारु गरेका हौँ’,उनले भने,‘दुर्गममै अत्याधुनिक सुविधा दिने बैंकले योजना बनाएको छ ।’

बैंकको शाखाबाट प्यूठानका माडी क्षेत्रमा पर्ने भिंगृ, बेलवास, सारी, नयाँगाउँ, स्वर्गद्धारीखाल, कोचिवाङ, गोठिवाङ, नयाँगाउँ सहित छिमेकी जिल्ला रोल्पाका ग्राहकहरु प्रत्यक्ष लाभांवित भएका छन् । बैंकले हाल जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाग्दुला सहित मच्छि, दाखाक्वाडी, भिंगृबाट बैंकिङ सेवा दिइरहेको भिंगृका शाखा प्रवन्धक सुभाषचन्द्र श्रेष्ठले जानकारी गराए । 


एटिएम सेवा सुचारु भएपछि स्वर्गद्धारी आउने पर्यटकको आर्थिक कारोवारलाई सुरक्षित र भरपर्दो बनाउने आशा गरिएको क्षेत्रिय प्रवन्धक मदन बहादुर के.सी.ले विश्वास लिएका छन् । ‘स्वर्गद्धारीमा दिनहुँ सयौँको संख्यामा पर्यटक आउछन्’,के.सी.ले भने,‘गोजीमा पैसा बोकेर आउनेपर्ने झन्झट हटाउन सेवा सुचारु गरेका हौँ ।’ ‘ग्राहकहरुको नजिकको साथी’ बनेर सेवा प्रवाह गरिने समेत उनले प्रतिवद्धता जनाए । 

उद्घाटनमा शुभकामना दिँदै बैंकका संचालक ध्रुव कोइराला, नारायण पौडेल, गोकर्ण खतिवडा, नायव कार्यकारी अधिकृत मनोज ज्ञवाली लगाएतले भरपर्दो र विश्वसनिय सेवा प्रदान गर्नतर्फ बैंक सदैव प्रतिवद्ध रहेको जनाएका छन् । 

माडी क्षेत्रमा पछिल्लो समय बैंकहरु खुल्ने क्रम बढ्दै गएकाले यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई आर्थिक कारोवार गर्न धेरै सहज भएको प्यूठान उद्योग वाणिज्य संघका उपाध्यक्ष गिर बहादुर गुरुङले बताएका छन् । बैंकले हाल निक्षेप संकलन, ऋण लगानी, मोवाइल बैंकिङ लगाएत सेवा प्रदान गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो