फागुन २१, प्यूठान । ज्योती विकास बैंक लिमिटेडले प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको आधारशिविर भिंगृ शाखामा ‘एटिएम’ सेवा शुभारम्भ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २१, प्यूठान । ज्योती विकास बैंक लिमिटेडले प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको आधारशिविर भिंगृ शाखामा ‘एटिएम’ सेवा शुभारम्भ "/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठान भिंगृमा ज्योती विकास बैंकको एटिएम सेवा सुरु

२०७३, २१ फाल्गुन शनिबार ०६:३८


फागुन २१, प्यूठान । ज्योती विकास बैंक लिमिटेडले प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको आधारशिविर भिंगृ शाखामा ‘एटिएम’ सेवा शुभारम्भ गरेको छ । 

जिल्ला बाहिरबाट स्वर्गद्धारी आउने पर्यटकलाई लक्षित गर्दै उक्त सेवा सुचारु गरिएको बैंकले जनाएको छ । शुक्रवार बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सेवाको शुभारम्भ गरेका हुन् । ‘गाउँमै आधुनिक सेवा दिने उद्देश्यले एटिएम सूचारु गरेका हौँ’,उनले भने,‘दुर्गममै अत्याधुनिक सुविधा दिने बैंकले योजना बनाएको छ ।’

बैंकको शाखाबाट प्यूठानका माडी क्षेत्रमा पर्ने भिंगृ, बेलवास, सारी, नयाँगाउँ, स्वर्गद्धारीखाल, कोचिवाङ, गोठिवाङ, नयाँगाउँ सहित छिमेकी जिल्ला रोल्पाका ग्राहकहरु प्रत्यक्ष लाभांवित भएका छन् । बैंकले हाल जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाग्दुला सहित मच्छि, दाखाक्वाडी, भिंगृबाट बैंकिङ सेवा दिइरहेको भिंगृका शाखा प्रवन्धक सुभाषचन्द्र श्रेष्ठले जानकारी गराए । 


एटिएम सेवा सुचारु भएपछि स्वर्गद्धारी आउने पर्यटकको आर्थिक कारोवारलाई सुरक्षित र भरपर्दो बनाउने आशा गरिएको क्षेत्रिय प्रवन्धक मदन बहादुर के.सी.ले विश्वास लिएका छन् । ‘स्वर्गद्धारीमा दिनहुँ सयौँको संख्यामा पर्यटक आउछन्’,के.सी.ले भने,‘गोजीमा पैसा बोकेर आउनेपर्ने झन्झट हटाउन सेवा सुचारु गरेका हौँ ।’ ‘ग्राहकहरुको नजिकको साथी’ बनेर सेवा प्रवाह गरिने समेत उनले प्रतिवद्धता जनाए । 

उद्घाटनमा शुभकामना दिँदै बैंकका संचालक ध्रुव कोइराला, नारायण पौडेल, गोकर्ण खतिवडा, नायव कार्यकारी अधिकृत मनोज ज्ञवाली लगाएतले भरपर्दो र विश्वसनिय सेवा प्रदान गर्नतर्फ बैंक सदैव प्रतिवद्ध रहेको जनाएका छन् । 

माडी क्षेत्रमा पछिल्लो समय बैंकहरु खुल्ने क्रम बढ्दै गएकाले यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई आर्थिक कारोवार गर्न धेरै सहज भएको प्यूठान उद्योग वाणिज्य संघका उपाध्यक्ष गिर बहादुर गुरुङले बताएका छन् । बैंकले हाल निक्षेप संकलन, ऋण लगानी, मोवाइल बैंकिङ लगाएत सेवा प्रदान गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट