२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भेरी कर्णाली मध्यपश्चिम सहकारीहरुको १२औँ समिक्षा बैठक

२०७३, २१ फाल्गुन शनिबार १३:०९

फागुन २१, देउखुरी । भेरी कर्णाली मध्यपश्चिम कलष्टर प्रोवेशन सहकारीहरुको १२ औँ समिक्षा बैठक शनिवार सिसहनियाँमा सम्पन्न भएको छ । हरियाली बचत तथा ऋण सहकारी संस्थाको आयोजना एवम् नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को प्राविधिक सहयोगमा बैठक सम्पन्न भएको हो । 

संस्थाका अध्यक्ष शिवध्वज मल्लको अध्यक्षता एवम् नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का संचालक यज्ञप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले अहिलेको सरकारले सहकारीहरुलाई अंकुश लगाई बन्द गर्न खोजेकाले त्यसको विरोध गर्दै नयाँ सहकारी ऐन लागु नभए सहकारी आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै उनले सहकारीहरुलाई बलियो बनाउन सवै सहकारीहरु नेप्सुनमा आवद्घ हुन सुझाव समेत दिएका छन् । 

सो अवसरमा भेरी कर्णाली मध्यपश्चिम क्षेत्र भित्रका सहकारीकर्मीहरुले ३ महिनाको समिक्षा गर्दै आगामी दिनमा सहकारी संस्थाहरुलाई दिगो बनाउने बताएका छन् । सो अवसरमा जिल्ला बचत संघ सल्यानका अध्यक्ष धिरेन्द्र शाक्य,जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्मा, राष्ट्रिय सहकारी वैङक दाङका प्रर्वन्धक नारायण बेल्वासे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रमको सहजीकरण प्रोवेशन कार्यक्रम अधिकृत केशव दहाल र भरत न्यौपानेले गरेका थिए । संस्थाका उपाध्यक्ष मुमबहादुर रोकायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संञ्चालक समितिका सदस्य राधा पाण्डेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट