१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुरुङखोलामा निमार्ण हुने भनिएको हाइड्रो पावर ओझेलमा

२१ फाल्गुन २०७३, शनिबार १३:११

सन्तोषकुमार गुप्ता/फागुन २१, देउखुरी । देउखुरीको बेला २ कठबेरुवामा निमार्ण हुने भनिएको १३.५ किलोवाट क्षमताको हाइड्रो पावर ओझेलमा परेको छ । 

समुदायको सक्रियतामा माइक्रो हाइड्रो पावर निमार्णका लागी प्रारम्भीक कार्य सम्पन्न भए पनि राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र वन मन्त्रालयले ध्यान नदिए पछि सो योजना ओझेलमा परेको हो । 

बेला स्थीत गुरुङ खोलाबाट उत्पादन गर्ने लक्ष्य राखि १ करोड २८ लाख रुपैयाँ बराबरको डिजाइन इष्टीमेट सहित ३ वर्ष अघि बोसिन नामको कम्पनीेले निष्कर्ष सहितको सर्वे समेत गरि सकेको अवस्थामा वन मन्त्रालय र राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिले १ करोड रुपैयाँ दिन आनाकानी गरे पछि उक्त योजना अलपत्रमा परेको जिल्ला भु संरक्षण कर्यालय दाङका प्रमुख शेषदत्त चौधरीले बताए ।

उक्त जलविद्युत योजनाका लागि स्थानीय समुदायले २८ लाख रुपैयाँ जुटाउन तयार हुदा हुदै राज्य पक्षले नै समुदायको विश्वास नगरेको बेला २ स्थित हरियाली कठबेरुवा चुरे संरक्षण समितिका अध्यक्ष सुर्यप्रसाद चौधरीले बताए । नेपालले अहिले चरम उर्जा संकट बेहोरिरहेको समयमा गुरुङखोलामा लघु जलविद्युत आयोजना सञ्चालन गरि विद्युत निकाल्न सक्ने प्रसस्त आधारहरु हुदा हुदै पनि यी आधारहरुको खोजी सरकारी स्तरबाट हुन सकेको छैन । 

स्थानीय निकायले पनि लघु जलविद्युत आयोजना सञ्चालनको विषयमा ध्यान दिएको छैन । 

अब गाउँमै विद्युत उत्पादन हुने भयो भनेर हामी खुसी भएका थियौं । अहिले सम्म विद्युत निकाल्न कुनै कार्यक्रम नचलाउदा दिक्क लागेको छ । हरियाली कठबेरुवा चुरे संरक्षण समितिका अध्यक्ष  चौधरीले बताए । लोडसेडिङ धेरै भयो गुरुङखोलाबाट विद्युत निकालेर हाम्रो गाउँलाई लोडसेडिङ मुक्त बनाउन सकिने थियो । 

गाउँमै बिजुली नकालेर बत्ती बाल्ने सपना स्थनीयले बुनेका छन् तर कहिले गाउँमा बत्ती बल्छ कसैलाई थाहा छैन । नेपाल विद्युत प्राधिकरणले विद्युत विस्तार गरेका कारण सो ठाउँमा लघु जलविद्युत आयोजना सञ्चालनमा समस्या भएको स्थानीयहरुले बताए पनि यस बारेमा पुष्टि भएको छैन ।  

कठबेरुवा गाउँको ३ सय ५० घरधुरीका साथै अहिले सम्म विद्युत पुग्न नसकेको गुरुङखोला, सुकौली, पटौली, कल्याणपुर, खंग्रा, अटबरुवा, क्षग्रिया, जगमारा, भैसाही, मनरा, ख्रिकिया, भौका लगायतका नाकाहरु उक्त माइक्रो हाइड्रो पावरबाट उत्पादित विद्युतबाट लाभान्धित हुने विश्वास गरिएको छ । समयमै सो क्रियतामा माइक्रो हाइड्रो पावर निमार्णका लागि राजनितिकदलका नेताहरुले पहल गर्नु पर्ने स्थानीयबासीहरुको भनाई छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव