फागुन २२, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २२, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा ट्राफिक कार्वाहीबाट दुई लाख ८० हजार राजस्व सङ्कलन

२०७३, २२ फाल्गुन आईतवार ०३:०३

फागुन २२, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । 

कागजपत्रबिना सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने जस्ता विभिन्न ट्राफिक नियम विपरीत सवारी चलाउने तीन सयभन्दा बढी सवारीसाधनबाट दुई महिनामा उक्त राजस्व सङ्कलन भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । 

नियमित जाँचका क्रममा प्रहरी कार्यालय मेलम्चीले दुईवटा चोरीको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

यसअघिको तुलनामा ट्राफिक नियममा कडाइ गरेपश्चात् सवारी दुर्घटनामा कमी आएको स्थानीयवासी चित्रकुमार श्रेष्ठले बताउनुभयो । पछिल्लो समय सिसी टिभी जडानले वस्तुगत विवरण र सवारीसाधन जाँचका लागि निकै सहज भएको मेलम्चीमा कार्यरत ट्राफिक प्रहरी मोहन श्रेष्ठ बताउनुभयो । 

यसैबीच इलाका प्रहरी कार्यालय मेलम्चीको नियमित जाँचबाट बरामद भएको अवैध मर्चा नष्ट गरेको छ । विभिन्न मितिमा बिक्री–वितरणका लागि मेलम्ची क्षेत्रको विभिन्न स्थानबाट राजधानीतर्फ लैजाँदै गर्दा तीन सय किलोभन्दा बढी घरेलु मर्चा बरामद गरी स्थानीयवासीको रोहवरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन