फागुन २२, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २२, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार"/>
२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा ट्राफिक कार्वाहीबाट दुई लाख ८० हजार राजस्व सङ्कलन

२२ फाल्गुन २०७३, आईतवार ०३:०३

फागुन २२, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । 

कागजपत्रबिना सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने जस्ता विभिन्न ट्राफिक नियम विपरीत सवारी चलाउने तीन सयभन्दा बढी सवारीसाधनबाट दुई महिनामा उक्त राजस्व सङ्कलन भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । 

नियमित जाँचका क्रममा प्रहरी कार्यालय मेलम्चीले दुईवटा चोरीको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

यसअघिको तुलनामा ट्राफिक नियममा कडाइ गरेपश्चात् सवारी दुर्घटनामा कमी आएको स्थानीयवासी चित्रकुमार श्रेष्ठले बताउनुभयो । पछिल्लो समय सिसी टिभी जडानले वस्तुगत विवरण र सवारीसाधन जाँचका लागि निकै सहज भएको मेलम्चीमा कार्यरत ट्राफिक प्रहरी मोहन श्रेष्ठ बताउनुभयो । 

यसैबीच इलाका प्रहरी कार्यालय मेलम्चीको नियमित जाँचबाट बरामद भएको अवैध मर्चा नष्ट गरेको छ । विभिन्न मितिमा बिक्री–वितरणका लागि मेलम्ची क्षेत्रको विभिन्न स्थानबाट राजधानीतर्फ लैजाँदै गर्दा तीन सय किलोभन्दा बढी घरेलु मर्चा बरामद गरी स्थानीयवासीको रोहवरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो