फागुन २५, काठमाडौं । सुनचाँदीको भाउ लगातार ओरालोतिर लगेको छ ।
सुन बुधबार तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि बुधबार तोलामा ५ रुपैयाँले घटेर ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।