२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको आगलागीबाट एक करोडको क्षति

२०७३, २६ फाल्गुन बिहीबार ०६:२५

फागुन २६, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा बुधबार राति आगोलागी हुँदा करिब रु एक करोडको क्षति भएको छ । 

आगलागीबाट विद्यालयको दशकोठे दुईतले भवन जलेर ध्वस्त भएको छ । आगलागी भएको भवनको भुईंतलामा कक्षा सञ्चालन र माथिल्लो तलामा प्रशासन, कम्प्युटर ल्याब र पुस्तकालय रहेको थियो । प्रशासनका कागजात, कम्प्युटर, पुस्तकालयका करिब सातहजार पाठ्यपुस्तक, नौवटा कम्प्युटरसहित विद्यालयका महत्वपूर्ण दस्तावेजसहितको करिब रु एक करोड मूल्य बराबरका भवन, फर्निचर र शैक्षिक सामग्री जलेर नष्ट भएको विद्यालयका शिक्षक रामप्रसाद शर्माले जानकारी दिनुभएको छ । 

केही दिन अगाडि विद्युतीय पुस्तकालय समेत जडान गरिएको थियो । कक्षा ८ सम्मको पाठनपाठन हुने विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् । साँझ सवा पाँच बजेदेखि सुरु भएको आगलागी राति करिब ९ बजेपछि स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी पाएलगत्तै डाँडाखेत र भिरमुनिका करिब ४०० जना स्थानीय घटनास्थलमा पुगेका थिए । 

त्यस्तै, अर्थुङ्गेस्थित श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय र तातोपानी प्रहरी चौकीको टोली आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेका थिए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण प्रहरीले सङ्कलन गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी