३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मण्डल परिवारलाई जापानबाट सहयोग

१ चैत्र २०७३, मंगलवार ०३:५०

चैत १, जापान (टोकियो) । चरम गरिबी र स्वास्थ्य समस्याले पीडित सप्तरीको एक परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । 

गरिबी र आँखा नदेख्ने भएर खान–लाउन समस्यामा परेका सप्तरीको गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप जापानमा सङ्कलन भएको रकम सहयोग गरिएको हो । 

जापानमा पीडितका नाममा एक महिनाअघि देखि सहयोग अभियान चलाइएको थियो । अभियानअन्तर्गत दिनमा एक हजारदेखि पाँच हजार येनसम्मका सहयोगी हात बढ्दै गएर सङ्कलन भएको रकम एकलाख १४ हजार चारसय ६६ जापानी येन पठाइएको अभियानकर्ता शिव तण्डुकारले जानकारी दिनुभयो । 

सोह्र सदस्यमध्ये पाँचजनाले आँखा नदेख्ने मण्डल परिवार गरिबीका कारण स्वास्थ्य तथा शिक्षाबाट वञ्चित मात्रै नभएर खानलाउनसमेत अपुग भई सङ्घर्ष गर्दै आएको छ । मण्डल परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपालमा हास्यकलाकार कुमार कट्टेल (जिग्री)ले सुरु गरेको सहयोग अभियानमार्फत एकलाख १४ हजार चारसय ६६ जापानी येन पठाइएको तण्डुकारले बताउनुभयो । 

नेपालका विभिन्न सञ्चारमाध्यममा गरिबीले ठगेको मण्डल परिवारका पाँचजनालाई आँखाको समस्या भएपछि परिश्रम गरेर खान र लगाउनसमेत मुस्किल भएको देखाइएको थियो । पीडित परिवारलाई थोरै भए पनि राहत होस् भन्ने अभिप्रायले अभियान चलाइएको थियो । 

रकम प्राप्त गरेपछि सोमबार नेपालका अभियानकर्ता कट्टेलले विश्वभरिबाट सहयोग आउने क्रम जारी रहेको र सहायोगी हातबाट आएको रकमले मण्डल परिवारको उपचार र गरिबी उन्मूलन कार्यमा खर्चने बताउनुभएको छ । जापानमा सङ्कलन भएको रकम जापान मनी एक्सप्रेसबाट पठाइएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए