२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चौथो नुवाकोट महोत्सवमा २६ लाख नाफा

३ चैत्र २०७३, बिहीबार १३:२५

चैत ३, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य स¬ङ्घले आयोजना गरेको चौथो नुवाकोट महोत्सवमा रु २५ लाख ५८ हजार नाफा भएको छ । 

यहाँ आज आयव्यय विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ताराबहादुर कार्कीले अपेक्षाभन्दा कम रकम बचत भएको बताउँदै नाफा रकम जिल्लाको सामूहिक हितका लागि खर्च गरिने बताउनुभयो । महोत्सव गत माघ १४ देखि २४ गतेसम्म बट्टारमा आयोजना गरिएको थियो । 

रु ९७ लाख २६ हजार आम्दानी गरेको सङ्घले विभिन्न शीर्षकमा रु ७१ लाख ६८ हजार खर्च गरेको सङ्घका कोषाध्यक्ष गीता अमात्यले जानकारी दिनुभयो ।

सङ्घका प्रवक्ता सन्तोष उप्रेतीले महोत्सवको अन्य उठ्ने रकम पनि सङ्कलन भइरहेको र खर्चका केही बिल आउने क्रम रहेकाले सो तथ्याङ्क प्रारम्भिक रहेको बताउँदै अन्तिम प्रतिवेदन लेखा परीक्षकबाट प्रमाणित गराई सार्वजनिक गरिने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने