http://sajhasabal.com/nuwakot/society/19037
चैत ४, धादिङ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत खटाएसँगै धादिङका बिभिन्न ११ गाउँपालिकामा पनि अधिकृत तोकेको छ ।
मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।
निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन निर्देशन दिएपछि गाउँपालिकामा अधिकृत तोकिएको हो।
धादिङ जिल्ला स्थित ११ गाउँपालिकामा को-को अधिकृत तोकिए ?