२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालोपत्रे भएको दुई बर्ष नपुग्दै सडकमा खाल्डै खाल्डा

४ चैत्र २०७३, शुक्रबार ११:१५

चैत्र ४, बझाङ | कालो पत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै जयपृथ्वी राजमार्ग अन्तर्गतको सडकखण्ड बिग्रिएको छ । बैतडीको खोड्पे देखि बझाङको चैनपुर जोड्ने सडकको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी बिग्रेको छ । 

सडक कालोपत्रे गर्ने जिम्मा पाएका कम्पनिहरुको लापरवाहिले सडकमा ठुला ठुला खाल्डा परेर यात्रा गर्न असजिलो भएको छ ।  कतिपय ठाउँमा सडकमै पानी जम्ने भए पछि यात्रुहरूले निकै सास्ती व्यहोनुपरिरहेको छ । विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे गरिएको उक्त सडकको बागथलादेखि झोतासम्म लुम्बीनी र लोहनी निर्माण सेवा, झोतादेखि तमैलसम्म कालिका र याक्थुहाङ निर्माण कम्पनी र तमैलदेखि भोपुरसम्म लामा र गोल्डेन गुड निर्माण कम्पनीले कामको जिम्मा लिएका थिए । सडक मर्मत हुन नसक्दा यात्रुले भनेको समयमा आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन । कच्ची बाटोमा जस्तै गाडी हल्लिने भएकाले बिरामीहरूलाई यात्रा गर्न निकै दुख हुने गरेको स्थानिय बसन्त प्रताप सिंहको भनाई छ । सडक समानान्तरमा निर्माण भएका सिँचाई कुलोहरूबाट चुहिएर सडकमा आउने र  विभिन्न शाखा सडक निर्माण गर्दा खसेको ढुंगा र माटोले पनि सडकमा खाल्डाखुल्डी भएका छन । सडकमा खाल्डा परेर यात्रा गर्नै नसकिने र बाटो राम्रो नभएका कारण ठाउँ ठाउँमा गाडी बिग्रनृ गरेको चालकहरु बताउछन् । 

खाल्डाखुल्डीका कारण चालकले जति होसियार अपनाए पनि गाडि दुर्घटनाको भए हुने गरेको छ ।  २ वर्ष अघि बागथला देखि चैनपुरसम्मको ४६ किलोमिटर गरिएका सडकको कालोपत्र प्रायजसो उप्किसकेको छ । ओटासिल प्रविधिमा आधारित यस सडकखण्डको कालोपत्रे गर्ने काम गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीयको आरोप छ । सडकको गुणस्तर राम्रो बनाउनु भन्दा पनि छिटो काम सकेर मुनाफा कमाउन पल्केका ठेकेदार र कमिसन खान पल्केका आयोजना कार्यालय कर्मचारीहरु का कारण यस्तो अवस्था आएको बझाङ सार्वजनिक यातायात व्यवसायि संघका अध्यक्ष नरेन्द्र खडका को भनाई छ । बागथला देखि चैनपुर सम्मको सडक खण्ड सेती लोकमार्गको उत्तर खण्ड चैनपुर ताक्लाकोट सडक योजनामा गाभिएकाले सडक हस्तान्तरण गर्ने भईरहेको बझाङको डिभिजन सडक कार्यालयलाई पनि हेरिरहनु भएका डिभिजन सडक कार्यालय बैतडिका प्रमुख ललिजन खनालको भनाई छ । डिभिजन सडक कार्यालयलाई हस्तान्तण भइसकेपछि सडक मर्मत सम्भारको काम अगाडि बढाउनुका साथै नियमित मर्मत सम्भार हुने भएको छ । योजना कार्यालयमा सडक बोर्डले रकम नदिने र नियमित मर्मत सम्भारका लागि कर्मचारीहरूको व्यवस्था नभएका कारण छिट्टै सडक बिग्रिएको डिभिजन सडक कार्यालयका प्रमुख खनालको भनाइ छ । 

बझाङका ग्रामिण क्षेत्रहरुमा सवारी साधन चल्न थाले पछि दैनिक २ सय भन्दा बढि सरकारी, गैरसरकारी, निजि तथा सार्वजनिक यातायातका सवारी साधनहरु जिल्ला भित्रिने र बाहिरिने गरेका छन् । जिल्लाका विभिन्नसंघ संस्था र सरकारस् कार्यालयका सवारी साधनहरु पनि सोहि सडक भएर गुडने गरेका छन् तर सरोकारवालाहरु मौन बसेका छन् । सडकको ममर्त कार्य हुन नसक्दा जोखिपुर्ण यात्रा गर्न बाध्य भए पनि हाल सम्म पनि कसैको ध्यान जान सकेको छैन । – मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी