२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ऐन संशोधनपछि होटल व्यवसाय पर्यटन उद्योगका रुपमा स्थापित हुन्छ: आर्चाय

२०७३, ५ चैत्र शनिबार १२:५०

चैत ५, बुटवल । प्रदेश नम्बर ५ का पर्यटकिय क्षेत्रको विकास र संरक्षण गरि यस क्षेत्रमा पर्यटकको आवागमनलाई प्रभावकारी बनाउन बुटवलमा पर्यटन सेवा केन्द्र स्थापना  गरिने भएको छ ।

पर्यटन सेवा केन्द्र स्थापनाका लागि सरकार संग आवश्यक वजेट माग गर्न पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले पर्यटन कार्यालय रुपन्देहीका प्रमुखलाई निर्देशन दिनु भयो ।

शनिवार बुटवलमा भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको १७ औं साधारण सभामा बोल्दै सह सचिव आर्चायले पर्यटनको पूर्वाधार विकासमा राज्यले केही गरेन भन्ने भन्दा पनि संभावनाको खोजी गरि त्यसको संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

उद्योग व्यवसाय ऐन २०४९ संशोधनको प्रकिृयामा रहेको उल्लेख गदै सह सचिव आर्चायले  संशोधन संगै होटल व्यवसाय पर्यटन उद्योगका रुपमा स्थापित हुने दावि गर्नु भयो ।

पर्यटन मन्त्रालयले रुपन्देहीलाई भारतीय पर्यटनको आकर्षक गन्तव्य विन्दुको रुपमा विकसित गर्ने र भारतसँग पर्यटकिय क्रियाकलाप बढाउन संयुक्त पर्यटन प्रबद्र्धन कार्यक्रम अघि सारिएको पर्यटन मन्त्रालयका सहसचिव आचार्यले बताउनुभयो ।

उहाँले भारतीय पर्यटक लुम्बिनीमा आएर केही घण्टा मात्र बस्ने गरेको भन्दै अब बसाई लम्बाउने योजना मन्त्रालयले बनाएको जानकारी दिनुभयो । सहसचिव आचार्यले बेलहिया नाका स्थलमार्ग भएर पर्यटक आउने प्रमुख नाका भएकाले रुपन्देही भारतीय पर्यटकको केन्द्र बन्न सक्ने बताउनुभयो ।

मुलुकमा भूउपयोग निति लागु भएमा व्यवसायीले माग गरे अनुसारको सामुहिक लगानिका लागि आवश्यक जग्गाको व्यवस्था गर्न सकिने सह सचिव आर्चायले बताउनु भयो ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी  विनोद प्रकास सिंहले होटल तथा रेष्टुरेण्ट व्यवसाय  सेवा व्यवसाय भए पनि मूल्य लिएर गरिने व्यवसाय भएकाले तिरेको मूल्यको प्रतिफल उपभोक्ताले पाउनु पने बताउनु भयो ।

कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका स्थापक अध्यक्ष माधब नेपालले ५ नम्बर प्रदेशमा एउटा साँस्कृतीक पहिचान झल्कने खालको सामुिहक होटल आवश्यक पर्ने भन्दै त्यसको लागि जग्गा उपलब्ध गराउन पर्यटन मन्त्रालयसँग आग्रह गर्नुभयो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुद्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उप– महानगरपालिकाका  वरिष्ठ अधिकृत विष्णु खनाल, संघका संस्थापक अध्यक्ष धुर्वकुमार तुलाचन, निःवर्तमान अध्यक्ष मोदनाथ वेल्वासे, पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, सल्लाहाकार देवीकुमार श्रेष्ठ, नेपाल प्राध्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल पाण्डे, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, यातायात तथा मजदुर व्यवसायी भलाई कोषका अध्यक्ष नारायण भट्टराई, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुईटेल, पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसी संघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद गौतम महा सचिव बावुराम गौतम  गुराँस डिष्टलरीका तुल्सी न्यौपाने , टाईगर बुअरीका संचालक तेजेन्द्र खडका  र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले राज्यको प्रमुख आर्थिक श्रोतका रुपमा रहेको पर्यटन व्यवसायलाई उद्योगको रुपमा विकास गरेर वेरोजगार र गरिवी निवारण गर्न सकिने औल्याउनु भएको थियो । 

सोही समारोहमा संघ द्धारा स्थापित पर्यटन पत्रकारिता पुरस्कार पत्रकार स्वस्तिक श्रेष्ठलाई प्रदान गरिएको थियो । साधारण सभाले महा सचिव बावुराम गौतमको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रोमकान्त पाण्डेको आर्थिक प्रतिवेदन छलफल सहित पारित गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी