सागर शर्मा/चैत ५, प्युठान फुलवारी एकिकृत गा्रामिण विकास संंस्था नेपालले आज २३ स्थापना दिवस मनाएको छ ।  

साताव्यापी कार्यक्रम अन्तर्गत आज संस्थाको केन्द्रिय का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत ५, प्युठान फुलवारी एकिकृत गा्रामिण विकास संंस्था नेपालले आज २३ स्थापना दिवस मनाएको छ ।  

साताव्यापी कार्यक्रम अन्तर्गत आज संस्थाको केन्द्रिय का"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फुलवारी एकिकृत ग्रामिण विकास संस्थाले २३औँ स्थापना दिवस मनायो

२०७३, ५ चैत्र शनिबार १५:४५


सागर शर्मा/चैत ५, प्युठान । फुलवारी एकिकृत गा्रामिण विकास संंस्था नेपालले आज २३ स्थापना दिवस मनाएको छ ।  

साताव्यापी कार्यक्रम अन्तर्गत आज संस्थाको केन्द्रिय कार्यालय खैरामा औपचारिक कार्यक्रम गरेको हो । राम्रो कामको सुरुवात गाउँबाटै पनि सम्भव  छ भन्ने नारा सहित २०५० सालमा स्थापना भएको थियो । 

जिल्ला समन्वय समिति प्युठानका स्थानीय विकास अधिकारी इन्द्र प्रसाद वस्यालले सामाजिक संस्थामा गर्न च’नौति रहेता पनि फ’लवारी संस्थाले जिल्लामा प्रभावकारी रुपमा काम गरेको बताउनु भयो । साथै जिल्लाको नयाँ संरचना अन्तर्गत ९ वटै स्थानीय तहमा सेवा प्रवाह गर्न सुझाव  समेत दिनुभयो । 

विशेष अतिथि गैर सरकारी संस्थाका केन्द्रिय उपाध्यक्ष पार्वता आचार्यले ग्रामिण स्तरमा स्थापित संस्था जिल्ला भर र जिल्ला बाहिर पनि कार्यक्रम संचालान गरेको बताउँदै गैरसरकारी संस्थाहरुले सरकारको कामलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि साझेदारी को रुपमा नितिगत तवरबाट काम गर्ने संस्था रहेको प्रष्ट पार्नुभयो । 

कार्यक्रमको अवसरमा विकास पत्रकारीता पुरुस्कार सामुदायिक रेडियो कृपालुका कमल बि.कलाई प्रदान गरिएको छ ।  साथै संस्थाको उत्कृष्ट कर्मचारीको रुपमा अनुराधा नेपाली, कृषी क्षेत्रमा रहेर उल्लेखनीय काम गर्नुहुने विमला बस्नेत, उत्कृष्ट उद्यमी महिला अमृता बुढा, सप्ताहव्यापी कार्यक्रम अन्र्तगत जम्रीकाँडामा निःशुल्क स्वास्थ्य शिविरमा सहयोग पुयाउनुहुने लक्ष्मण भण्डारी, पिमलाल राना, टेक बहादुर राना लगायतलाई सम्मान गरिएको छ ।  

फुलवारी एकिकृत ग्रामिण विकास संस्था नेपालका अध्यक्ष लोक बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिकै दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संस्थाका पदाधिकारी तथा कर्मचारी, पत्रकार लगातको उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष छन्दबहादुर वस्नेतको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक विशाल खड्काले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी