२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुकुटीवाला सुदिप : घरैमा व्यवसाय गरेर मनग्य आम्दानी गर्दै

२०७३, ७ चैत्र सोमबार ००:३८

पूर्णप्रसाद न्यौपाने /रविन श्रेष्ठ

चैत्र ७,ओखलढुंगा । रोजगारीको खोजीमा दैनिक हजाराँै युवा बिदेसिन्छन् । बिदेशिनेहरूको एउटै गुनासो छ,‘देशमा रोजगारीको कुनै अवसर छैन त्यसैले विदेश जानुको विकल्प छैन ।’ तर इलम गरे स्वदेशमै सम्भावना छन भन्ने उदाहरण बन्न सफल भएका छन् ओखलढुंगा सदरमुकामका सुदिप श्रेष्ठ । उनी घरमै सुकुटी बेचेर स्वरोजगार मात्रै बनेका छैनन् घर परिवारको सबै आवश्यकता पुरा गरिरहेका छन् भने अरुहरुको भन्दा बढी नै सन्तुष्ट समेत देखिन्छन् । 

श्रेष्ठको एउटै मान्यता छ,’स्वदेशमै जाँगर गरे पैसा कमाउन विदेश जानु पर्दैन ।’ उनी भन्छन् ‘गर्नेलाई स्वदेशमा,विदेशमा कतै जानु पर्दैन घरैभित्र प्रसस्तै सम्भावनाहरु छन् ।’

करिब दशक अघि सुकुटी बेच्न सुरु गर्दाका दिन सम्झँदै उनी भन्छन्,’सुरुमा बाध्यताले व्यवसाय थालेँ, अहिले ब्राण्डजस्तै बनेको देख्दा खुसी लाग्छ ।’ अहिले सुदिपले सञ्चालन गरेको होटेल सुकुटी हाउसका रूपमा परिचित छ । सुदिपले गणेश चोक नजिकै आफ्नै घरमा सानो होटेल खोलेका छन् । तर,उनको होटलमा पाईने सुकुटी,लोकल कुखुराको मासु र ढिँडो लगाएतका परिकारको धेरै चर्चा हुन्छ । 

उनको होटेलमा सुकुटीको स्वाद लिन ग्राहक पालो कुरेर बस्नुपर्ने अवस्था समेत देखिन्छ । ’सुकुटी खान विशिष्ट व्यक्ति देखि सामान्य ग्राहक समेत आउने गर्छन’, उनले भने,’जाडो मौसममा झन बढी बिक्री हुन्छ ।’ सुुकुटीवाला सुदिपको करिब १५ देखि २० केजी सुकुटी बेच्दा मासिक ३० देखि ३५ हजार आम्दानी हुने गरेको छ । ओखलढुंगा बजारमा प्राय चिसो हुने भएकाले सुकुटीको बजार राम्रो भएको उनको भनाइ छ,भिजन नेपाल ओखलढुंगा साप्ताहिकमा खबर छ ।

लसुन र अकबरे खोर्सानी साथमा खोर्सानीको अचार समेत मिसाएर खान पाईने हुँदा त्यहाँको सुकुटी स्वास्थ्यका दृष्टिले पनि राम्रो हुने र सफा समेत रहेको सुकुटी खाईरहेका प्रविण शाक्यले बताए । उनी सुदिपको सुकुटी हाउसका नियमित ग्राहक हुन् । २०५९ साल देखि सुकुटी व्यवसाय सञ्चालन गरेका सुदिप रोजगारीको खोजीमा रहेका युवालाई पनि कुनै न कुनै इलममा लाग्न सुझाउँछन् । विदेशमा रोजगारी गर्न जाँदा होस वा स्वदेशमै रोजगारी खोज्दा सोर्सफोर्स र पैसा खर्च हुने बुझेका उनले भने,’त्यो पैसाले त आफै कुनै न कुनै व्यवसाय गरे स्वरोजगार बन्न सकिन्छ ।’ आत्मनिर्भर बन्न व्यवसायको विकल्प नभएको बताउने उनी भन्छन्,’आफ्नो व्यवसाय भनेको आफ्नै हो, सानो र ठूलो भनेर तुलना गर्नु हुँदैन ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी