पर्वत । स्थानीय विकास मन्त्रालयले मुलुकका पाँच उपमहानगर सहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ । यसैक्रममा बागलुङका चार, पर्वतका दुई र म्याग्दीको १ गरी ७ नगरपालिकाहरुमा निम्नानुसार कार्यकारी अधिकृतहरु खटिएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय विकास मन्त्रालयले मुलुकका पाँच उपमहानगर सहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ । यसैक्रममा बागलुङका चार, पर्वतका दुई र म्याग्दीको १ गरी ७ नगरपालिकाहरुमा निम्नानुसार कार्यकारी अधिकृतहरु खटिएका "/>
२९ पुष २०८२, मंगलवार
अर्थ/विकास

पर्वत, बागलुङ, र म्याग्दीका नगरपालिकामा को को खटिए अधिकृत ?

७ चैत्र २०७३, सोमबार ०४:४०

पर्वत । स्थानीय विकास मन्त्रालयले मुलुकका पाँच उपमहानगर सहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ । यसैक्रममा बागलुङका चार, पर्वतका दुई र म्याग्दीको १ गरी ७ नगरपालिकाहरुमा निम्नानुसार कार्यकारी अधिकृतहरु खटिएका छन् ।

बागलुङ जिल्लाका बागलुङ, गल्कोट, ढोरपाटन र जैमिनी नगरपालिकाहरुमा क्रमश सुवास कुमार लामिछाने, प्रदिपचन्द्र सुवेदी, रामप्रसाद आचार्य र विष्णुप्रसाद सुवेदी कार्यकारी अधिकृत रहेका भने पर्वत जिल्लाको कुस्मा नगरपालिकामा हिरामणी सुवेदी र फलेवास नगरपालिकामा मोतिराम सापकोटा खटिएका छन् । उता म्याग्दी जिल्लाको एकमात्र बेनी नगरपालिकामा विश्वामित्र कुईँकेल कार्यकारी अधिकृतमा आउने भएका छन् ।

बागलुङ जिल्लाका ६ गाउँ पालिकाहरुमा मन्त्रालयले अधिकृत खटाएको छ । जस अनुसार ताराखोला शान्ति पौडेल, काठेखोला सीतादेवी न्यौपाने, बरेङ बैकुण्ठ पौडेल, बडीगाड विनोद कुमार कोईराला, निसीखोला सन्जय अधिकारी र तमान खोला खिमबहादुर बिक अधिकृत खटिएका छन् । 

पर्बत जिल्लाका जलजला गापामा सिता पोख्रेल अर्याल ,मोदी गाउँपािलकामा कुमान सिह गुरुङ , बिहादी गाउँपालिकामा चन्द्र देव जोशी ,पैयूँ गाउँपालिकामा कल्पना खनाल बस्नेत ,माहासिला गाउँपालिकामा बष्णु माया ढकाल अधिकृत खटिएका छन् ।

स्थानीय तहको कार्यन्वयनमा आएसागै धौलागिरीका विभिन्न जिल्लामा आन्दोलनहरु शुरु भएका छन् । पर्वतको जलजलाका बासिन्दा हप्ता दिनदेखि आन्दोलनमा होमिएका छन् भने म्याग्दीमा पनि आन्दोलन चरिरहेको छ । त्यस्तै मुस्ताङमा पनि आन्दोलन चर्किएको छ । स्थानीय तह कार्यन्वयनमा आउनु सकरात्मक भएता पनि तोकिएको गाउँपालिकाको केन्द्र शक्ति र पहुँचका आधारमा भएको भन्दै मध्यभागमा केन्द्र कायम गरिनुपर्ने भन्दै स्थानीयबासी आन्दोलित भएका हुन । 

पर्वतमा चरणबद्ध आन्दोलनमा जुटेका जलजला गाउँपालिकाका बासिन्दाहरुले गाउँपालिकाको काम कारवाही ठप्प पार्ने चेतावनी दिदै आएका छन् । स्थानीय तह नागरिकलाई सास्ती दिनको लागि नभर्ई सेवा र पहुँच विस्तार गर्नको लागि भएको तर शक्तिको भरमा जनतालाई थप मारमा पार्न खोजिएको भन्दै उनीहरु आन्दोलनमा होमिएका हुन् ।

पर्वतको मोदी गाउँपालिकाको केन्द्र देउपुर गाविसको गाविस भवनमा तोकिएता पनि अन्य ६ गाउँ विकास समितिका बासिन्दाहरुले विरोध जनाइरहेका छन् । राजनीतिक दलहरुले पनि त्यसको चर्को विरोध गर्दै केन्द्र नागरिकहरुको पहुँच पुग्ने र सहज ठाउँमा राख्नुपर्नेमा जोड दिदै आइरेहका छन् । 

यता विहादी गाउँपालिकामा पनि केन्द्रको विवाद कायम छ । कुर्घा ८ र ९ वडाका बासिन्दाहरु आफूलाई टुक्राएर नगरपालिका बाहिर लगिएको भन्दै त्यसको विरोधमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…